पुनर्वासमा पर्यटन पहिचानका लागि क्रिकेट प्रतियोगिता शुरु

पुनर्वास चैत ५  ।“स्थानीय पर्यटकीय स्थलको पहिचान खेलाडी हरूलाई उच्च सम्मान” मूल नारा सहित कञ्चनपुरको पुनर्वास नगरपालिका ८ पृथ्वीबस्तीमा बिहीवारदेखि प्रथम जनजागरण भ्यु पार्क क्रिकेट खेल प्रतियोगिताको उद्घाटन भएको छ ।
क्रिकेट खेल प्रतियोगिता कार्यक्रम पुनर्वास नगरपालिका नगर उपप्रमुख सारदा बिष्ट धामीले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो, पुनर्वासमा ओझेलमा परेका स्थानीय पर्यटकीय स्थलको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्य सहित आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा छिमेकि राष्ट्र सीमावर्ती भारतका तीन वटा टिमसंगै धनगढी उपमहानगरपालिका तथा अन्य नगरपालिका गरी २४ टिम सहभागी रहने क्लबका अध्यक्ष लालप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकि नगर उपप्रमुख सारदा बिष्ट धामीले खेलको माध्यामबाट स्थानीय क्षेत्रलाई राष्ट्रियअन्तर्राष्ट्रिय स्तरसम्म पहिचान गराउन सकिने भएकोले खेल क्षेत्रलाई संरक्षण सङ्गै खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
पुनर्वासमा रहेका एतिहासिक प्याराताल, जनजागरण सामुदायिक बन, बन भित्र रहेको पिकनिक स्थल, भ्यू पार्क,
पुनर्वासमै रहेको दिव्य धाम, पुनर्वास बेलौरी नगरपालिका बीच रहेको बन्दाताल लगायतका पर्यटकीय क्षेत्रलाई चिनाउन खेल क्षेत्रले मद्दत गर्ने उपप्रमुख धामीले शुभकामना मन्तव्यमा जोड दिनु भयो ।
क्लबका अध्यक्ष लालप्रसाद घिमिरेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका नगर उपप्रमुख सारदा बिष्ट धामी रहनुभएको थियोे भने विशिष्ट अतिथिमा नगर प्रवक्ता भारमल सुनार, पुनर्वास नगरपालिका वडा नम्बर ८ का अध्यक्ष राना श्रवण, वडा नम्बर ९ का अध्यक्ष नारायणप्रसाद जैशी लगायत रहनुभएको थियो, अन्य अतिथिमा विभिन्न विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष, अन्य समाजसेवी बुद्धिजीवी लगायत रहेका थिए
शिवहरी मल्लले स्वागत गर्नुभेको कार्यक्रमको सञ्चालन सुरेश सिंह ठकुरीले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.