चलचित्र निर्मातामा पुनर्वासका राजिब र बेदको धमाकेदार इन्ट्री
६ भाषामा रिलिज हुने ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक सँगै राजिब र बेद चर्चामा
लीला खाती
पुनर्वास, ४ फागुन ।
चलचित्र निर्मातामा पुनर्वासका राजिब तामाङ र बेदबहादुर तामाङको धमाकेदार इन्ट्री भएको छ ।
६ भाषामा रिलिज हुने ‘लप्पन छप्पन २’ मा सहनिर्माताको रुपमा देखा पर्दै चलचित्र जगतमा राजिब र बेदले आफ्नो इन्ट्रीलाई धमाकेदार बनाएका हुन् ।
चलचित्र जगतमा गुमनाम रहेका यिनीहरुको धमाकेदार इन्ट्रीले उनीहरु यतिखेर चलचित्र नगरीमा एकाएक चर्चामा चुलिएका छन् ।
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘लप्पन छप्पन २’ को ट्रेलर गत बिहीबार सार्वजनिक भएसँगै उनीहरु पनि एकाएक चर्चामा चुलिएका हुन् ।
पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका ३० वर्षीय राजिब तामाङ र पुनर्वास नगरपालिका–३ आई.बी.आर.डी.का ३८ वर्षीय बेदबहादुर तामाङ चलचित्र जगतमा निर्माताको रुपमा देखापरेपछि पुनर्वासमा यतिखेर सन्सनी नै मच्चिएको छ । सामान्य जीवनयापन गरिरहेका राजिब र बेद अचानक बिगबजेटको चलचित्रमा निर्माताको रुपमा डेब्यु भएपछि पुनर्वास र सुदूरको चलचित्र सम्बद्ध क्षेत्रमा यतिखेर सनसनी नै मच्चिएको हो । यत्रो ठूलो सिनेमामा यसरी निर्माताको रुपमा आफ्नै साथी भाइहरु डेब्यु भएको देख्दा गर्व लाग्ने पुनर्वासका चर्चित कोरियोग्राफर सन्तोष अवस्थीले जिकिर गरे । गाउँ घरमै देखा परिरहेका साथीभाइहरु अचानक अभिनेता भूवन केसी, निर्देशक निश्चल बस्नेत, कलाकार प्रशान्त ताम्राकार आदि विशिष्ट सिनेकर्मीहरुको सम्मुखमा उभिएर सफलताको शुभकामना ग्रहण गरेको देख्दा असाध्दै खुशी लाग्ने कोरियोग्राफर अवस्थीले बताए । अर्का चलचित्रप्रेमी धनगढीका आकाश रानाले पनि राजिब र बेदको इन्ट्रीलाई धमाकेदार भएको बताएका छन् । हिजोसम्म कुनै पनि सिनेक्षेत्रमा देखा नपरेका राजिब र बेद एक्कासी ६ भाषामा रिलिज हुने सिनेमामा सहनिर्माताको रुपमा देखा पर्नु साच्चै वहाँहरुको डेब्यु लाजवाब भएको रानाले बताए ।
सत्ता, शक्ति र पैसाको सेरोफेरोमा आधारित यो चलचित्रमा समाबेश डाइलग र निर्माण गुणस्तरले दर्शकलाई सहजै आकर्षित गर्नेमा सहनिर्माताद्वय तामाङ आशावादी छन् ।
निर्देशक मुकुन्द भट्टको व्यक्तित्वबाट प्रभावित भएर सिनेक्षेत्रमा निर्माताको रुपमा डेब्यू भएका तामाङद्वय सिनेक्षेत्रमै आफ्नो सुनौलो भविष्य भेट्नेमा ढुक्क छन् ।
यही चैत्र २७ गतेबाट रिलिज हुँने यो चलचित्र नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुने भएकोले यतिका बक्स अफिसबाट यस चलचित्रले मनग्य आम्दानी लिन सकिने सहनिर्माता राजिबले दाबी गरे ।
चलचित्रमा एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ भने यसै चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् भने पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।
सिनेमामा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेको सिनेमामा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने अर्का सह–निर्मातामा रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।
सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।
ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् !
Comments are closed.