लागुऔषध नियन्त्रणमा बेलौरी प्रहरीको चमत्कार

हरिलाल जोशी
बेलौरी –कंचनपुरको ईलाका प्रहरी कार्यालय बेलौरी प्रहरीले लागुऔषध नियन्त्रणमा चमत्कार देखाएको छ ।
बेलौरीमा प्रहरी निरीक्षक कमलकुमार खड्काको उपस्थितिसंगै कंचनपुरको बेलौरी क्षेत्रमा लागुऔषध लगायतका तस्करी नियन्त्रणमा चमत्कार देखिएको हो ।
लागुऔषध लगायतका अन्य गलत गतिबिधी नियन्त्रण गर्ने अठोटका साथ बेलौरीमा उपस्थित भएका प्रहरी निरीक्षक खड्का ६ महिनामा २२ जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कार्वाही गर्न सफल भएका थिए ।
सो क्रम जारी रहिरहदा पुनः शुक्रवार बेलौरी प्रहरीले लागू औषध सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा शुल्लाफाँटा नगरपालिका १० झलारी बस्ने बर्ष २१ को प्रकाश ठगुन्ना र शुक्लाफाँटा ७ का २३ वर्षिय रामचन्द्र भाट रहेको प्रहरी निरीक्षक खडकाले बताए ।
प्रदेश नम्बर ७ म.१ प.५८९६ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई शंकाको आधारमा चेकजाँच गर्दा लालझाडी गाउँपालिका ६ स्थित चानदेवबाट नियन्त्रणमा लिएको बताए ।
नियन्त्रणमा लिएका उनीहरुबाट प्रेगास्टर नामक १४ ट्याब्लेट , ८७ ट्याबलेट कफट्याब–डि, १० ट्याबलेट नाईट्रोभेट, २ दशमलव ०२० ग्राम खैरो धुलो पदार्थ, ३ दशमलव ५ आना चरेश जस्तो देखिने कालो पदार्थ र मोटरसाइकल पनि बरामद गरिएको उनले बताए।
त्यस्तै केही दिन अघि पनि विशेष सूचनाका आधारमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा सीमा क्षेत्रमा भारतीय तस्करले नेपाल प्रहरीमाथि गोली समेत चलाएका थिए । तस्करबाट गोली चलेपछि प्रहरीको जवाफी गोली चलाउदा एक भारतीय तस्करको मृत्युु भएको थियो भने सोही क्रममा नेपाल प्रहरीका एक जवान घाईते हुन पुगेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.