वन पैदावार र वन्यजन्तु संरक्षण सम्बन्धी साप्ताहिक सडक नाटक सम्पन्न

लीला खाती
दार्चुला, २८ फागुन ।
वन पैदावार र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतनामूलक साप्ताहिक सडक नाटक सम्पन्न भएको छ ।
अपि कला संस्कृति तथा साहित्यिक मञ्चको आयोजना र अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयको आर्थिक सहयोगमा सो सडक नाटक दार्चुलाको बिभिन्न स्थानहरुमा सम्पन्न भएको हो ।
यही २१ गते लटिनाथ मावि लटिनाथबाट आरम्भ गरिएको सो सडक नाटक २३ गते पानीधारा आधारभूत विद्यालय दल्लेख, २४ गते खलंगाको बङ्गाबगड, २५ गते गौरिलमाण्डौ मावि हिकिला हुँदै २६ गते सम्पाल मावि सैपाल सुन्सेरामा समापन भएको अपि कला संस्कृति तथा साहित्यिक मञ्चका अध्यक्ष उपेन्द्रसिंह ठगुन्नाले बताए ।
दश जना स्थानीय कलाकारहरुको सहभागिता रहेको सो सडक नाटकमा वन पैदावार र वन्यजन्तुलाई संरक्षण गरिनु पर्ने महत्वलाई मार्मिक ढंगले प्रष्ट्याइएको थियो । कलाकारहरुले बिभिन्न बन्यजन्तुको आकार र आकृति धारण गरेर वन पैदावार र वन्यजन्तुलाई जोगाउदा हुने फाइदा र नजोगाउदा हुने बेफाइदा बारे सडक नाटक मञ्चन गरेर जनचेतना प्रवाह गरेका थिए ।
कलाकारहरुमा अध्यक्ष ठगुन्नासहित समीरसिंह जागरी, पशुपती महता, देवसिंह महरा, सन्तोष लोहार, नारदसिंह धामी, रविना महरा, सुशीला ओड, अमृता लोहार र बिनिता खातीको सहभागिता रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.