पुनर्वासको गौरीशंकर माविमा निर्वाचन सम्पन्न, लक्ष्मण कामी लगायतका चार सदस्य विजयी

हरिलाल जोशी
पुनर्वास – पुनर्वास नगरपालिका-५ स्थित गौरी शंकर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन बुधबार सम्पन्न भएको छ ।
निर्वाचनमा सदस्य पदका लागि ८ जनाको उम्मेदवारी रहेको मध्ये ४ जना सदस्य विजयी भएको निर्वाचन अधिकृत तथा विद्यालय निरीक्षक शिवराज भट्टले जानकारी दिए ।
विजयी हुनेमा साईकल चिन्हका सदस्य उम्मेदवार सागर लुहार, कुर्सी चिन्हका सद्स्य उम्मेदवार लक्ष्मण कामी, लालटिन चिन्हका उम्मेदवार सीता तिवारी र परेवा चिन्हका दलित महिला सदस्य कलावती वड रहेको निर्वाचन अधिकृत भट्टले बताए । ३ सय ९८ जना मतदाता रहेको सो विद्यालयमा जम्मा ३ सय ३५ मत खसेको थियो भने जस मध्ये ६७ मत बदर भएको थियो ।
कडा सुरक्षा व्यवस्थाका साथ बिहान १० बजेदेखि विद्यालय प्राङ्गणमा सुरु भएको मतदान दिउँसो साढे २ बजेसम्म सञ्चालन भएको थियो भने साँझ साढे ६ बजे मत गणना सकिएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.