अलंकार पब्लिकद्वारा अभिभावक भेला तथा रिजल्ट प्रकाशन कार्यक्रम सम्पन्न

पुनर्वास–कञ्चनपुरकोे पुनर्वास नगरपालिका–८ स्थित श्री अलंकार पब्लिक स्कुलको अभिभावक भेला तथा रिजल्ट प्रकाशन कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार स्कुलका प्रिन्सिपल पुष्पराज ओझाको सभाध्यक्षमा भएको कार्यक्रममा नर्सरी कक्षा देखि ६ कक्षा सम्मको अर्धवार्षिकी रिजल्ट प्रकाशन गरिएको थियो ।
लामो समयदेखि कोरोना भाईरस कोभिडका कारण विद्यालय पूर्ण रुपमा बन्द भएसँगै अभिभावकहरुसँग विद्यालयको प्रत्यक्ष सम्बन्ध पनि टुटेको भन्दै सो सम्बन्धलाई अझै प्रगाढ होस भन्ने हेतुले अभिभावक भेलाको आयोजना गरिएको सभाध्यक्ष तथा प्रिन्सिपल पुष्पराज ओझाले जानकारी दिनुभयो ।
बिद्यालयकी शिक्षिका भगवती ओझा जोशीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सञ्चालन शिक्षक बलबहादुर बिश्वकर्माले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.