निड्स नेपालद्वारा मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण समिति पुनर्वाससँग छलफल

पुनर्वास–कञ्चनपुरको पुनर्वासमा निड्स नेपालद्वारा मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण समितिसँग आईतबार छलफल भएको छ ।
पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा बिष्टको अध्यक्षतामा नगरपालिकाको सभाहलमा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण सम्बन्धमा के कस्ता निति तथा कार्यक्रम लागु भएको छ ,कार्यक्रम कत्तिको प्रभावकारी छ , बैदेशिक रोजगारीबाट फर्किएकाहरुको समस्या र जानेहरुको चुनौतीका बारेमा बिस्तृत छलफल गरिएको थियो ।
संस्थाले कैलालीका पाँच ओटा र कञ्चनपुरका चार पालिकामा मानव बेचबिखन तथा ओसारपोसार सम्बन्धी कार्यविधि अनुमोदन गरि कार्यक्रम सञ्चालन गरिरहेको अनुगमन तथा मुल्यांकन अधिकृत हरि प्रसाद जोशीले जानकारी दिनुभयो ।
उहाँले संस्थाले पुनर्वास नगरपालिका भित्रका बैदेशिक रोजगारीमा जानेहरुका लागि आउन सक्ने समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा प्रशिक्षण आयोजना गर्ने बताउनुभयो ।
वडा र नगर कार्यालय अन्तर्गतको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिलाई सक्रिय बनाउनमा निड्स नेपाल संस्थाले अहम भुमिका खेल्दै आएको छ ।
कार्यक्रमलाई सहजीकरण अनुगमन तथा मुल्यांकन अधिकृत हरि प्रसाद जोशीले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.