पुनर्वासका रमेशजंग म्यूजिक भिडियोमा स्थापित हुँदै

युट्युबमा सार्वजनिक भयो ‘तिम्रै निम्ति’

हरिलाल जोशी 
पुनर्वास २४ फाल्गुन । केहि समययता नेपालमा म्युजिक भिडियो तथा फिल्म क्षेत्रमा अभिनय र निर्देशन गर्नेहरुको क्रेज बढ्दो देखिन्छ ।
विभिन्न गायकहरुका गीतहरु र आफ्नै स्वरका गीतमा निर्माण भएका भिडियोहरुमा अभिनय गर्ने क्रेज प्रायः जसो युवा पुस्तामा बढ्दो छ ।
त्यस्तै क्रेज अन्तर्गत पर्दछन् कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्ती घर भएका रमेशजंग थापा । उनी पनि सानै उमेरदेखि संगीत क्षेत्रमा निकै रुचि राख्ने युवा अन्तर्गतका एक युवा हुन् । उनी गाँउघरमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम लगायतका अन्य कार्यक्रमहरुमा डान्स गर्न निकै रुचाउँथे । उनीसँग क्यामेरा नभएपनि साथीहरुलाई बटुलेर मोबाईलमै खिचेर भएपनि भिडियो निर्माण गर्थे ।
उमेर बढ्दै गयो उनका सोचहरु पनि बदलिदै गए । त्यसै क्रममा उनी रोजगारीको खोजी गर्दै कोरियाको तयारीमा जुटे । तयारीमा जुटेका रमेशजंगलाई कोरिया जाने सुनौलो अवसर मिल्यो । उनी पाँच वर्षका लागि कोरिया गए । कोरियामा पुगेपछि उनी थप उर्जावान देखिए । किनकी उनको सपना नै हाई क्वालिटिको क्यामेरा खरिद गरि स्टुडियो निर्माण गर्ने थियो । उनले पाँच वर्षको समयावधीमा त्यो आफ्नो सपना पूरा गर्न भ्याए । उनले कोरियामै रहँदा पनि साथीहरुलाई बटुलेर म्युजिक भिडियो निर्माण गरौं भन्थे । त्यहि बस्दा बस्दै उनले करिब आधा दर्जन भन्दा बढि भिडियो आफ्नै सम्पादनमा निर्माण गरे । भिडियो ईडिटिङमा पनि उनी कोहि भन्दा कम थिएनन । उनले आफै क्यामरापर्सनदेखि निर्देशन र ईडिटिङसम्म गर्थे । उनले पुनर्वासमा सबैलाई आश्चर्य चकित पार्दै ड्रोन नामक क्यामेरा आकाशमा उडाए । तर त्यतिबेला उनले आकाशमा उडाएको त्यो ड्रोन कसैलाई थाहा थिएन की क्यामरा हो भन्ने ।
उनले पुनर्वासका विभिन्न पर्यटकीय क्षेत्रहरुमा आफ्नै निर्देशनमा तीन ओटा म्युजिक भिडियो निर्माण र एउटामा आफ्नै अभिनय समेत गर्न भ्याए ।
उनले निर्देशन, सम्पादन र अभिनय गरेका भिडियोहरुमा पोखरा क्षेत्र, कञ्चनपुर क्षेत्र र कोरियाका विभिन्न क्षेत्रको दृश्यहरु देख्न सकिन्छ ।
उनले कोरियामा बस्दा बस्दै ‘कथा कोरियाको’ नामक सर्ट मुभी पनि तयार गरेका थिए । उनको त्यो मुभी युवा पुस्ता माझ निकै चर्चामा आयो ।
उनी अझै ओझेलमा परेका पुनर्वासका पर्यटकीय क्षेत्रको प्रचार म्यूजिक भिडियो मार्फत गर्छु भन्ने अडानमा छन् ।
उनले केहिदिन अघि मात्रै आफ्नै निर्देशन तथा सम्पादनमा म्युजिक भिडियो ‘तिम्रै निम्ति’ म्युजिक नेपाल नामक युटुबमा सार्वजनिक गरेका छन् ।
चर्चित गायक प्रताप दासको स्वर र बी.बी अनुरागीको संगीत रहेको सो म्युजिक भिडियोमा सरिका केसी र देबु बुढाथोकीको अभिनय रहेको छ भने क्यामरा र भिडियो सम्पादन पनि थापा आफैले गरेका हुन् । करिब पाँच मिनेट लामो उक्त भिडियोमा विछोडपछिको मिलनलाई निक्कै कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.