बेलौरी प्रहरीद्वारा ६ महिनामा २२ जना लागुऔषध कारोबारी पक्राउ

हरिलाल जोशी
बेलौरी–कञ्चनपुरको बेलौरी प्रहरी लागुऔषध नियन्त्रणमा अग्रणी स्थान ओगट्न सफल देखिएको छ ।
विगतदेखि नै लागुऔषध कारोबारको हव मानिने बेलौरी क्षेत्रलाई शून्यमा झार्ने ठुलो प्रयासमा अहिले बेलौरी प्रहरी रहेको छ । सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार गर्ने तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
युपी ३१ बिएफ २४२७ नम्बर प्लेटको भारतीय मोटरसाईकलमा सवार तीन जनालाई बेलौरी–१ बैशाखी, शाही चोकबाट ४२ हजार ४ सय एकसट्टी रुपैयाँ र मोटरसाईकलमा लुकाएको अवस्थामा ९.९०० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी , सम्पूर्णानगर घर भएका २६ वर्षिया धर्मेन्द्र कुमार, सोहि ठाँउका २५ वर्षिया शुभम भसिन र ३० वर्षिया नितिन कुमार रहेको प्रहरी निरीक्षक खड्काले बताए ।
उनले अहिलेसम्म ६ महिनाको छोटो अवधीमा लागुऔषध कारोबार गर्ने २२ जना पुरुषलाई पक्राउ गरी कार्वाही गरिसकेको भएपनि अझै पक्राउ गर्ने दाउमा रहेको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक खड्का आगमनसँगै बेलौरी क्षेत्रको लागुऔषध लगायत अन्य तस्करी नियन्त्रणमा आफ्नो भूमिका सक्रिय देखाएको स्थानियहरुको भनाई छ ।
स्थानियहरु भन्छन् प्रहरी निरीक्षक खड्काप्रति हाम्रो ठूलो आशा छ । वहाँको आगमनसङ्गै लागुऔषध कारोवारी धमाधम पक्राउ पर्नाले वहाँको कार्यकौशलता स्पष्ट नै देख्न सकिन्छ । तर वहाँको कार्यकौशलता स्थायी हो कि क्षणिक हो यो त हेर्न बाकी नै छ !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.