पुनर्वासमा भूमिहीनहरुको लगत संकलन कार्यका लागि एकदिने अभिमुखीकरण कार्यक्रम, लगत संकलन केही दिनमै शुरु हुने

हरिलाल जोशी
पुनर्वास – वर्षौंदेखि सुकुम्बासी समस्या रहेको पुनर्वास नगरपालिकामा पनि भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाणपूर्जा वितरण गर्ने प्रक्रिया शुरु भएको छ ।
आईतबार नगरपालिकाले भूमि समाधानका लागि तथ्यांक संकलन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै लगत संकलन कार्य शुरु गर्न लागेको हो ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको सभाध्यक्ष तथा प्रदेश सभा सदस्य माननीय तारालामा तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रमको विशिष्ट आतिथ्यमा भुमी सम्बन्धी समाधान आयोगका केन्द्रीय सदस्य अगस्त अधिकारी रहनुभएको थियो ।
सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण बिशिस्ट अतिथी रहनुभएका अगस्त अधिकारीले दिनुभएको थियो ।
प्रशिक्षणका क्रममा उहाँले लगत संकलनका क्रममा आवेदन भर्दा आवश्यक पर्ने कागजातहरु, नियमहरुको बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।
उहाँले भूमिहीन दलित /भूमिहीन सुकुम्बासीका हकमा
परिवारमुलीहरुका सबै सदस्यको नागरिकताको प्रतिलिपि, उपभोगको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपी लगायत अन्य प्रमाणहरु आवश्यक पर्ने र अव्यवस्थित बसोबासीहरुका हकमा माग गरेको जग्गा १० वर्षदेखि आवादी गर्दै आएको भनी प्रमाणित हुने प्रमाणको प्रतिलिपी, परिवारमुली सबैको नागरिकताको प्रतिलिपी, आफू तथा परिवारका नाममा रहेको जग्गाको पूर्जाको प्रतिलिपी, उपभोगको प्रमाण सम्बन्धी प्रतिलिपी लगायतका अन्य प्रमाणहरु अनिवार्य आवश्यक पर्ने जानकारी दिनुभयो । नगरपालिकाले भूमी समस्या समाधान आयोग नगर ईकाई प्रमुखमा कम्प्युटर प्राविधिक आरती बिष्टलाई चयन गरेको नगर प्रमुख थापाले बताउनुभयो।
उहाँले लगत संकलन शुरु गरेको एक महिना भित्रै संकलन कार्य सम्पन्न गर्ने बताउदै कुनैपनि समस्या आए नगरपालिकाकी ईकाई प्रमुख बिष्टलाई सम्पर्क गरी आवश्यक सूचना लिन सबैमा अनुरोध गर्नुभएको थियो ।
पुनर्वास नगरपालिकाले वडा स्तरीय समिति गठन गरी प्रत्येक वडाबाट दुई-दुई जना छनौट गरी ११ वटै वडाबाट लगत संकलन कर्ता तयार गरेको छ ।
लगत संकलन कर्तालाई सो सम्बन्धी अभिमुखीकरण तालिम दिए पश्चात् लगत्तै दुई तीन दिनमै प्रत्येक वडामा कार्य थालनी गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत बिष्टले माघ ११ गते भूमि सम्बन्धी समस्या समाधान आयोग र पुनर्वास नगरपालिका बिच सम्झौता भए अनुरुप नगरपालिकाले पनि लगत संकलन कार्यलाई अगाडि बढाएको बताउनुभयो ।
११ वटै वडाका जनप्रतिनिधिहरु, लगत संकलन कर्ता, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, पत्रकार, सुकुम्बासी संघर्ष समितिका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि रहनुभएको सो कार्यक्रममा पुनर्वास नगरपालिकाकि नगर उपप्रमुख शारदा बिष्टले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने नगरपालिकाका प्रशासन अधिकृत कृष्ण भट्टले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.