पुनर्वासमा गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रमको उद्घाटन

हरिलाल जोशी
पुनर्वास–पुनर्वासमा गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रमको उद्घाटन भएको छ ।
बिहीबार पुनर्वास नगरपालिका–६ मा आयोजित कार्यक्रमको पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले ब्यानर बाचन गर्दै उद्घाटन गर्नुभएको हो ।
पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मनबहादुर गुरुङ्गको सभापतित्व तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष बिरबहादुर बोगटी, उद्यम विकास शाखाका प्रमुख कृष्ण भट्ट, कार्यपालिका सदस्य बिमला सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिको तर्फबाट बोल्नुहुँदै नगर प्रमुख थापाले उपस्थित सहभागीहरुलाई टाईमपास गर्न नभई उद्यमी बन्ने सोचका साथ सो तालिममा सहभागी हुनुपर्ने बताउनुभयो ।
उहाँले नगरको सो लगानीलाई सदुपयोग गर्दै तालिमबाट सिकेका विषयवस्तुहरुलाई व्यवहारमा लागु गरी त्यसलाई आयतर्फ रुपान्तरण गर्न सुझाव पनि दिनुभएको थियो ।
आठ–आठ दिन सम्म सञ्चालन हुने सो कार्यक्रम नगरपालिकाको १ वडा र ६ वडा का गरिब परिवारका सदस्यहरुलाई समेटेर सञ्चालन गरिएकोे उद्यम विकास शाखा पुनर्वासका प्रमुख कृष्ण भट्टले बताउनुभयो ।
आठ दिनको कार्यक्रमलाई सहजीकरण नगरपालिकाका उद्यम विकास सहजकर्ता सुजाता तिमिल्सेना र बिमला चौधरीले गर्नेछन् ।
उद्यम विकास शाखा पुनर्वासका प्रमुख कृष्ण भट्टको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता बिमला चौधरीले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.