पुनर्वासमा युएसएआईडीद्वारा दुई दिने क्षमता विकास तालिम सम्पन्न

हरिलाल जोशी
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा स्थानिय सरकारको योजना तर्जुमा प्रक्रिया तथा प्रवाह हुने सेवा सम्बन्धी दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका–९ स्थित जनजागरण सामुदायिक बनको सभा हलमा सञ्चालित दुई दिने क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको हो ।
परोपकार युवा क्लब बिचफाँटाको आयोजना तथा यु.एस.ए.आइ.डी. को साझेदारीमा सञ्चालित सो कार्यक्रममा संघियता सहयोग कार्यक्रमको सहयोग रहेको थियो ।
दुई दिनको तालिम अवधिमा स्थानीय सरकारको संरचना र सार्वजनिक सेवा डेलिभरी, नागरिकको सहभागितामूलक योजना , बजेट प्रक्रिया, स्थानीय सरकारसँग सहभागितामूलक योजना र बजेटमा संलग्न हुनका लागि नागरिकमा के के सिप हुनु पर्दछ, कसरी स्थानीय स्तरको योजना र बजेट प्रक्रियालाई बढी सहभागितामूलक बनाउन सकिन्छ भन्ने सन्दर्भमा खुला छलफलका साथ सहभागीले अन्तमा कार्ययोजना समेत निर्माण गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न समुदाय स्तरका समूहहरु, टोलविकास संस्थाका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, महिला स्वयं सेविका, सहकारीका प्रतिनिधिका साथै परोपकारका पदाधिकारी सहित १४ जनाको सहभागिता रहेको थियो ।
यु.एस.ए.आइ.डी साझेदारी संघियता सहयोग कार्यक्रमका कञ्चनपुर जिल्ला नागरिक संलग्नता संयोजक देवराज बडू र पुनर्वास नगरपालिका–९ का वडा सचिव करनकुमार धामीले संयुक्त रुपमा तालिमको सहिजकरण गर्नु भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.