पुनर्वासको प्रतिभानगरमा ५ लाख लगानीमा आधुनिक शैलुन सञ्चालन

हरिलाल जोशी
पुनर्वास- । कंचनपुरको पुनर्वास-६ प्रतिभानगरमा आधुनिक शैलुन सञ्चालनमा आएको छ ।
मंगलबार प्रतिभानगर बजार व्यवस्थापन समितिका अध्यक्ष अमित रोकायाले उद्घाटन गर्दै सो आधुनिक शैलुन सञ्चालनमा आएको हो ।
८ वर्ष वैदेशिक रोजगारीमा रहि स्वदेश फर्किएका पुनर्वास-५ का रामबहादुर आउजीले पाँच लाख लगानीमा पुनर्वास-६ प्रतिभानगरमा नवीन हेयर शैलुन एण्ड जेन्स पार्लर सञ्चालनमा ल्याएका हुन् ।
पुनर्वासमा अहिलेसम्म व्यवस्थित र सुविधा सम्पन्न हेयर कटिङ्ग नदेख्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले आधुनिक शैलुन सञ्चालनमा ल्याएको शैलुन सञ्चालक आउजीले बताए ।
उनको हेयर कटिङ आज भन्दा एकदशक अघि देखि उनका दाइ नवीन आउजीले सञ्चालन गर्दै आएका थिए । तर अहिले सोहि हेयर कटिङ्गलाई थप व्यवस्थापन सहित आधुनिक तरिकाले सञ्चालनमा ल्याएको हो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.