लक्ष्मी लघुवित्त शाखा पुनर्वासद्वारा मृत्युदावी रकम भुक्तानी

हरिलाल जोशी
पुनर्वास – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा पुनर्वासले मृतक शेयर सदस्यको परिवारलाई मृत्युदावी रकम भुक्तानी गरेको छ ।
केही महिना अघि मृत्यु भएकी संस्थाको केन्द्र नम्बर १२ कि सदस्य पुनर्वास-३ निवासी राधा चन्दको परिवारलाई तीन लाख मृत्युुदावी रकम र २५ हजार क्रिया खर्च वापतको रकम बुधबार भुक्तानी गरेको हो ।
संस्थाका प्रबन्धक सागर जिसीले मृतक राधाकी बुहारीलाई कार्यालयमै बोलाएर बचत रकम, क्रिया खर्च रकम र मृत्यदावी रकम हस्तान्तरण गरेको बताए ।
संस्थाबाट ऋण लिदा गरिएको कर्जा बिमाका कारण परिवारलाई निकै ठूलो सहुलियत भएको उनले बताए ।
प्रबन्धक जिसीले सबै आफ्ना सदस्यहरुलाई पनि ऋण लिदा कर्जा बिमाका विषयमा विस्तृत जानकारी दिदै सबैलाई अनिवार्य कर्जा बिमा गर्न आग्रह गर्ने गरेको बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.