ठेक्का स्वीकृत भएको लामो समयपछि पुनर्वास-५ को वडा भवनको शीलान्यास

हरिलाल जोशी
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ को वडा भवनको शीलान्यास भएको छ ।
सोमबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा, उपप्रमुख शारदा बिष्ट र वडा अध्यक्ष बीरबहादुर बोगटीले संयुक्त रुपमा वडा भवनको शीलान्यास गर्नुभएको हो ।
केही महिना अघि नै भवन निर्माण कार्य शुरु भइसक्नुपर्ने भएपनि स्थान चयनमा वडाबासीको सहमति हुन नसक्दा निर्माण कार्यमा ढिला हुन पुगेको वडाध्यक्ष बीरबहादुर बोगटीले बताउनुभयो ।
पुनर्वास नगरपालिका-५ स्थित श्री गौरी शंकर माध्यमिक विद्यालयको जमिनमा निर्माण हुन लागेको दुई तले आठ कोठे वडा भवनको अजैमेरु-२, डडेल्धुरा स्थित प्रेरणा कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ ।
भवन निर्माणको लागत स्टिमेट १ करोड ३२ लाख भएपनि कम्पनीलाई ९१ लाख ७ हजार ३ सय उन्साठी रुपैयाँ बिलोमा स्विकृत भएको निर्माण कम्पनीका सञ्चालक बासुदेव जोशीले बताउनुभयो ।
शीलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलकाप्रतिनिधि, जनप्रतिनिधि, नगरपालिकाका प्राविधिक, वडाबासी, शिक्षक र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.