बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम यही फागुन ८ गते हुने

हेल्लो समाचारदाता
काठमाण्डौ, ४ फागुन । बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम–२०७७ यही फागुन ८ गते भब्य रुपमा हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा यही आउँदो शनिबार काठमाण्डौको टोखा भूतखेलको प्राङ्गणमा भब्यरुपमा हुने भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिका अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यमा सम्पन्न हुने सो कार्यक्रममा चर्चित गायक बद्रि पंगेनी, चन्द्र शर्मा, केन्द्रीय समितिका सल्लाहाकार पृथ्बी थकाली, प्रतिष्ठान युके शाखाका सल्लाहाकार भक्त दर्जी, दुर्गा रायमाझी लगायतको विशिष्ट आतिथ्य रहनेछ ।
ठमेल, सुन्धारा, ललितपुर, चाबहिल, कमलादी कोटेश्वर बानेश्वर, नयाँ बसपार्क, अनामनगर र लाजिम्पाट समितिको सहयोजना रहेको बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम–२०७७ मनोरञ्जन र भाइचाराको उत्कृष्ट नमूना बन्ने उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालले बताउनु भयो ।
“अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको प्रतिष्ठानले नेपाली मौलिक लोकगीत संगीत, विकृति–विसंगतिरहति हुनुपर्ने मान्यता बोक्दै आएको छ ।
Comments are closed.