पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

अख्तियार निबन्ध प्रतियोगितामा प्रथम भएकी नम्रता सम्मानित

हरिलाल जोशी
पुनर्वास, १ फागुन । पुनर्वास नगरपालिका(८ स्थित बागीश्वरी माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक माननीय तारालामा तामाङको प्रमुख आतिथ्यमा विद्यालयको ४९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालीग्राम शर्माको सभापतित्व रहेको कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको विशिष्ट आतिथ्य रहेको थियो भने वडा नम्बर ८ का वडा अध्यक्ष राना श्रवण, नेकपाका नेता शंकर केसी, राष्ट्रिय जनमोर्चाका नेता कुबेर नाथ लगायत विभिन्न संघसंस्था र विद्यालयका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको तर्फबाट बोल्नुहुदै प्रमुख सचेतक तामाङले विद्यालयको विकासका लागि गुरुयोजना अनुरुप अगाडि बढ्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।
उहाँले विद्यालयका भौतिक संरचना लगायत अन्य क्षेत्र सुधारका लागि प्रदेश सरकारमार्फत आफ्नो पहलबाट सकेअनुसारको सहयोग गर्ने बताउनुनुभयो । त्यस्तै विशिष्ट अतिथिको तर्फबाट बोल्नुहुदै नगरप्रमुख थापाले कोभिड प्रभावले शिक्षा क्षेत्रलाई निकै प्रभावित बनाएको हुँदा विभिन्न शैक्षिक कार्यक्रम सहित सुधार ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले विद्यालय समय भन्दा पछि विद्यार्थीहरु लागुऔषध दुर्व्यसनीको मार्गतर्फ केन्द्रित भइरहेको देखिँएकोले अभिभावकहरुलाई आफ्ना बालबालिकाको रेखदेखमा निगरानी बढानुपर्ने बताउनुभयो ।
उपस्थित विभिन्न व्यक्तित्वहरुको सान्दर्भिक शुभकामना मन्तव्य रहेको कार्यक्रममा विधालयको प्रगति विवरण प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले गर्नुभएको थियो ।
प्रगति विवरण प्रस्तुतकै क्रममा आफ्नो कार्यकाल भन्दा अगाडि विधालयको २८ लाख ऋण रहेको र हाल १५ लाख ५० हजारमा पु¥याउन सफल भएको उहाँले बताउनुभयो ।
विभिन्न व्यक्तिहरुले विधालयमा स्थापना गरेको अक्षयकोषको व्याज रकमबाट कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई एकहजार र कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई पन्ध्र सय रुपैयाँका दरले पुरस्कार अक्षयकोष दाताहरुकै हातबाट वितरण गरिएको थियो । विद्यार्थीहरुको नृत्य प्रस्तुती रहेको कार्यक्रममा शैक्षिकसत्र २०७६ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुनर्वास(८ का साईकल व्यवसायी बिष्णुप्रसाद अधिकारीले सम्पूर्ण पुरस्कारको खर्च व्यहोर्नुभएको थियो ।
सहायक प्रधानाध्यापक बीरेन्द्र कार्कीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक भरत बोहराले गर्नुभएको थियो ।

अख्तियार निबन्ध प्रतियोगितामा प्रथम भएकी नम्रता सम्मानित

अख्तियार अनुसन्धान आयोगको निबन्ध प्रतियोगितामा प्रथम भएकी नम्रता पौडेल आफ्नै विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सम्मानित भएकी छिन् ।
माघ २७ गते सम्पन्न भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम भएकी नम्रता पौडेल शनिबार विधालयको ४९ औं बार्षिकोत्सव कार्यक्रमबाट सम्मानित भएकी हुन ।
प्रतियोगितामा प्रथम भएकी पौडेललाई कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङ, विशिष्ट अतिथि नगर प्रमुख जिवनराज थापा लगायत विद्यालय परिवारले सम्मान गरेको थियो ।
कार्यक्रममा उनलाई कदर पत्र र नगद सहित सम्मानित गरिएको थियो ।
उनी पुनर्वास(८ स्थित बागेश्वरी माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत् छात्रा हुन् ।
आयोगले ३० औं स्थापना दिवस अवसरमा सातवटै प्रदेश कार्यालयबाट देशव्यापी रुपमा निबन्ध प्रतियोगिताको आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको थियो।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.