भागरथी भट्टको न्यायका लागि पुनर्वासमा पनि विरोध प्रदर्शन

हरिलाल जोशी
पुनर्वासं, ३० माघ । बैतडीमा बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको न्यायका लागि पुनर्वासमा पनि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
देशैभरका विद्यार्र्थी लगायत विभिन्न संघ संगठनहरुले हत्यारा चाँडै पक्राउ गरि कानूनी दायरामा ल्याउनुपर्ने भन्दै सरकार विरुद्ध नाराबाजी गरिरहँदा बिहीबार पुनर्वास विद्यार्र्थी सञ्जालले पनि कालो पट्टि सहित विरोध प्रदर्शन गरेका हुन् ।
पुनर्वासको प्रतिभानगर बजारबाट शुरु गरिएको विरोध ¥याली नाराबाजी सहित पुनर्वास–५ भानुबस्ती, आई.बी.आर.डी. बजार हुँदै नगरपालिका कार्यालय गेटमा पुगि टुङ्गिएको थियो ।
सो विरोध कार्यक्रमका माझ पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापाले पनि हत्याराको तत्काल खोजी गरि कानूनी दायरामा ल्याउनुपर्ने बताएका थिए । कडा सुरक्षा रहेको विरोध कार्यक्रममा पुनर्वासका ५ सामुदायिक विद्यालयका करिब एक हजार भन्दा बढि विद्यार्थीहरुको सहभागिता देखिएको थियो ।
उनीहरुले नाराबाजी गर्दै बलात्कारीलाई फाँसी दे, महिला हिँसा अन्त्य गर, महिला हिंसा बन्द गर, हत्यारालाई तत्काल पक्राऊ गर, भागरथीलाई न्याय दे, निर्मलालाई न्याय दे, नालायक सरकार राजिनामा दे, महिला सुरक्षाको ग्यारेन्टी गर जस्ता दुई दर्जन नाराहरु प्रस्तुत गरेका थिए ।
विरोध कार्यक्रममा पुनर्वास विद्यार्र्थी सञ्जालका सह–संयोजक नरेश थापाले कञ्चनपुरकी निर्मला पन्तको पनि बलात्कार पछि हत्या भएको अढाई वर्षसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको सरकारले अझै भागरथीको हत्यारा पनि लुकाउने पो हो की भन्ने चिन्ता लागेकोे बताए ।
बारम्बार एक पछि अर्को बलात्कार गरि हत्याका घटनाहरु बढ्दै जाँदा अपराधी नियन्त्रणमा सरकार लाचार रहेको भन्दै पुनर्वासका विद्यार्थीहरुले बृहत बिरोध कार्यक्रम गरेको विद्यार्र्थी सञ्जालका संयोजक रुपेश विश्वकर्माले बताए ।
उनले यस घटनामा संलग्न दोषीहरुको तत्काल खोजी नभए अझै बृहत बिरोध कार्यक्रममा जाने संयोजक विश्वकर्माले चेतावनी दिए ।
विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा बाटामै पर्ने लवलेक सामुदायिक बनमा बलात्कार पछि हत्या गरि फालिएको अवस्थामा दोस्रो दिन भागरथीको शव फेला परेको थियो ।
शव भेटिएको एक साता बितिसक्दा पनि प्रहरीले बलत्कारी पत्ता लगाउन नसकेपछि अहिले देशभर भागरथीको न्यायका लागि सरकार विरुद्ध प्रदर्शन भईरहेको देखिन्छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.