जाली नोट सहित पुनर्वासका मेडिकल सञ्चालक पक्राऊ

हरिलाल जोशी
पुनर्वास–जाली नोटको कारोबारमा पुनर्वासका एक मेडिकल सञ्चालक सहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
शनिबार दिउँसो बेलौरी नगरपालिका–१० भुडा स्थित सिमावर्ती क्षेत्रबाट दुई हजार जाली नोट सहित दुई जनालाई बेलडाँडी प्रहरीले पक्राऊ गरेको हो ।
पक्राऊ पर्नेमा पुनर्वास नगरपालिका–६ प्रतिभानागर बजारमा रहेको जे.डी. क्लिनिकका सञ्चालक रमेश खाती र काठमाडौं महानगरपालिका–१४ बौद्ध बस्ने बिष्णु भट्ट रहेको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनीहरुबाट पाँच सय नेपालीका दुई थान नोट, एक हजार नेपाली रुपैँयाको एक थान नोट, नोट साईजका ३ सय ८० थान सादा कागज, केमिकल, दुई ओटा स्टिलका थाल नियन्त्रणमा लिएको प्रवक्ता थापाले बताए ।
उपरीक्षक थापाका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय बेलडाँडीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको र उनीहरु विरुद्ध मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरिने बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.