निर्देशक जि.बि आग्रीले ल्याए बहुचर्चित भिडियो “बि बाट बियर”
सुनिलकुमार लो
काठमाडौ,२० माघ ।सुदूरपश्चिममा दर्जनौं म्युजिक भिडियो निर्देशन गरेर चर्चा कमाएका निर्देशक जि.बि आग्रीले फेरि नयाँ म्युजिक भिडियो लिएर दर्शक सामू आएका छ्न ।
“बि बाट बियर” बोलको लोक दोहोरी गीतमा बनेको फरक शैलीको म्युजिक भिडियोबाट दर्शक श्रोताहरुले भरपुर मनोरञ्जन लिने निर्देशक जि.बि आग्रीले बताए ।
“बि बाट बियर” बोलको गीतमा प्रताप दास, एञ्जिला रेग्मी,रवि ओड र स्मीता दाहालको आवाज रहेको छ भने नेत्र अर्यालको रचना तथा भीम बिसीको संगीत रहेको छ । नेपालको वर्तमान राजनीतिमा शिर्ष भूमिकामा रहेका प्रचण्डका नातिनी स्मीता दाहालको आवाज रहेकाले पनि यो गीत खास रहेको निर्देशक आग्री बताउँछन् ।
म्युजिक भिडियोमा बिजय पुन,रोशनी कार्की,अज्या श्रीस मगर र चाहना बस्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । पोस्ट प्रोडक्सन लाईक माईण्ड्स नेपालको रहेको छ । निर्देशन, संवाद र कन्सेप्ट जिबि आग्रीको रहेको यस भिडियोलाई विशाल इण्टरटेनमेण्ट नामक युटुब च्यानलले प्रस्तुत गरेको हो । भिडियो हेर्नुस् ।
Comments are closed.