विद्यालयका अध्यक्ष दाउत तामाङद्वारा विद्यार्थीहरुलाई नि:शुल्क स्विटर ,टाई बेल्ट पनि दिने प्रतिबद्धता

हरिलाल जोशी
पुनर्वास – जाडो बढिरहदा कंचनपुरको पुनर्वासका युवा व्यवसायी दाउत तामाङले एक विद्यालयका विद्यार्थीहरुलाई स्विटर वितरण गरेका छन् ।
शुक्रबार पुनर्वास-२ स्थित अरनिको आधारभुत विद्यालयमा अध्ययनरत ५२ जना नयाँ भर्ना भएका विद्यार्थीहरुलाई युवा व्यवसायी तामाङले स्विटर वितरण गरेका हुन् ।
युवा व्यवसायी तामाङ पौष २६ गते विद्यालयको अभिभावक भेलाबाट सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनीत भएका हुन् ।अध्यक्षमा मनोनीत भए लगत्तै उनले विद्यालयमा विद्यार्थीहरुका लागि निशुल्क टाई र बेल्ट सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
अभिभावक ,विद्यालय व्यवस्थापन समितिका सम्पुर्ण पदाधिकारीहरुको उपस्थितिमा भएको स्विटर वितरण कार्यक्रममा युवा व्यवसायी तथा विद्यालयका अध्यक्ष तामाङ अनुपस्थित रहेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.