भारतीय ब्रोईलर कुखुरा नियन्त्रणमा सुरक्षाकर्मी भन्दा किसान अग्रसर

हरिलाल जोशी
पुनर्वास–सिमाबाट निर्धक्क रुपमा पुनर्वासको आईं.बी.आर.डी.बजार सम्म पु¥याएको भारतीय ब्रोईलर कुखुरा एक किसान समुहले नियन्त्रणमा लिएको छ ।
बिहिबार राती करिब सात बजे तिर भारतीय बजार बसहीबाट ल्याउँदै गरेको अवस्थामा पुनर्वासको आईं.बी.आर.डी.बजार स्थित पैसट्ठि बिघा नजिकैबाट कुखुरा पालन कृषक समुहले नियन्त्रणमा लिएको हो ।
सो कुखुरा पालन कृषक समुहले भारतीय ब्रोईलर कुखुरा बोकि ल्याएको अवस्थामा सु.प्र.प.०१–००९४–८१७ र से.६ प. ५५६३ नम्बरको सुपर मोटरसाईकल नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो ।
राती नै मोटरसाईकल र कुखुरा किसान समुहबाट प्रहरीले बुझेपनि जनप्रतिनिधि ,पत्रकार,कुखुरा पालन किसानको रहोबरमा नष्ट गरिएको तर मोटरसाईकल भने यातायात कार्यालयमा विवरण बुभm्न पठाएका कारण अहिले ईलाका प्रहरी कार्यालयमा राखेको अब आईतबार मात्रै त्रिनगर भन्सार कार्यालय बुझाउने ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताए ।
प्रहरी निरिक्षक बिष्टले गलत गर्नेलाई संरक्षण गर्दा झन उत्साह बढ्ने भएका कारण गलत गर्ने जोकोहिलाई नियमानुसार कार्वाही गर्ने बताए ।
प्रहरीको काम किसानले देखाएपछि भारतीय ब्रोईलर कुखुरा नियन्त्रणमा पुनर्वासमा सुरक्षाकर्मी भन्दा कुखुरा किसान अग्रसर देखिएको स्थानिय बुद्धिजीविहरु बताउँछन् ।
उनीहरुले बिहिबार साझ पुनर्वासको आईं.बी.आर.डी.बजारमा रहेका मासु पसलबाट भारतीय कुखुरा नियन्त्रणमा लिएर प्रहरीका सामुन्य नष्ट गरेका थिए । भने शुक्रबार बेलौरी र कलकत्तामा गएर पनि भारतीय कुखुराहरु नियन्त्रणमा लिएका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.