पुनर्वासमा महिनौदेखि प्रयोग विहीन अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा

हरिलाल जोशी
पुनर्वास –पुनर्वास नगरपालिकाको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा दक्ष प्राविधिकको अभावका कारण महिनौदेखि प्रयोग विहीन भएको अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा आएको छ ।मंगलबार स्वास्थ्य शाखा पुनर्वासले आयोजना गरेको कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले कार्यक्रमको उद्घाटन गर्दै थन्किएको अल्ट्रासाउन्ड मेसिन प्रयोगका लागि सञ्चालनमा आएको हो ।
नगर प्रमुख थापाकै अध्यक्षतामा भएको सो कार्यक्रममा अल्ट्रासाउन्ड मेसिन सञ्चालन भए लगत्तै एकै दिनमा करिब २५ जना गर्भवती महिलाले स्वास्थ्य लाभ लिएको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका प्रमुख गजेन्द्र बिष्टले जानकारी दिए । त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले अल्ट्रासाउन्ड मेसिन केही महिना अघि नै नगरपालिका स्वास्थ्य शाखामा आए पनि दक्ष प्राविधिक चिकित्सक नभएका कारण सञ्चालनमा ल्याउन ढिलाई भएको बताए ।
उनले अब पुनर्वासमा गर्भवती चेकजाँच नि:शुल्क हुने हुँदा अन्यत्र नगई नगर भित्रका सबै गर्भवतीहरुले स्वास्थ्य लाभ लिन अनुरोधसमेत गरेका छन् ।
Comments are closed.