पुनर्वासमा सशस्त्र प्रहरीद्वारा लागू औंषध सहित एक युवक पक्राउ

हेल्लो समाचारदाता
पुनर्वास, ४ माघ । कंचनपुरको पुनर्वासमा लागू औंषध सहित एक युवकलाई सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
शनिबार भारतबाट आउँदै गर्दा पुनर्वास नगरपालिका-६ हिमचुली सामुदायिक बन क्षेत्र नजिकबाट सशस्त्र प्रहरी हवल्दार ईन्द्रसिंह डाँगा नेतृत्वको टोलीले नाईट्रोभ्याट नामक ३ सय पैतालिस पिस ट्याबलेट सहित कृष्णपुर नगरपालिकाका एक युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा कृष्णपुर-७, कलुवापुर घर भएका समीर राना रहेको बिओपी पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक नीमबहादुर भण्डारीले जानकारी दिए । पक्राउ परेका रानाबाट नगद २३ हजार ४० रुपैयाँ, भिभो कम्पनीको एक थान मोबाईल र नाईट्रोभ्याट नामक ट्याबलेट बरामद गरिएको बताए ।सशस्त्र प्रहरी निरीक्षक भण्डारीका अनुसार पक्राउ परेका रानासंग रहेको पुनर्वास-७ का खुनी राना नाम गरेको ठग्गु रानाका नाति भने भारततर्फ फरार भएको बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.