पुनर्वासमा उत्तरायणी पर्व मनाउन गएको ट्रेक्टर दुर्घटना हुँदा २१ जना भन्दा बढी घाईते

हरिलाल जोशी
पुनर्वास – कंचनपुरको पुनर्वासमा उत्तरायणी पर्व मनाउन गएको से. १ त. ६५०६ नम्बरको ट्रेक्टर दुर्घटना हुदा २१ जना भन्दा बढी युवा युवतीहरु घाईते भएका छन् ।
भकुण्डाबाट उत्तरायणी पर्व मनाएर घर फर्कने क्रममा पुनर्वास नगरपालिका-२ भानु युवा क्लबको खेलमैदान नजिकै हुलाकी सडक खण्डमा ट्रेक्टर दुर्घटना हुँदा २१ जना भन्दा बढि युवा युवतीहरु घाईते भएका हुन् ।
घाईते हुनेहरुमा पुनर्वास नगरपालिका-२, दशरथबस्ती घर भएकी १७ वर्षिय कल्पना खाती, १७ वर्षीय शान्ति बोगटी, १९ वर्षीय कमला बि.क., १५ वर्षिय कविता वि.क., १६ वर्षीय विरेन्द्र नेपाली , २१ वर्षीय कल्पना खाती, २० वर्षिय कमला खाती, १४ वर्षिय जीवन खड्का , २१ वर्षीय सुरज चौधरी, १४ वर्षिय सरिता बोगटी, २१ वर्षिय गौरी सुनार, १६ वर्षिय हरिना बयाडी, १८ वर्षिय गङ्गा थापा, १५ वर्षिय दिनेश बिक, ३२ वर्षिय देवि बयाडी, १५ वर्षिय सुनिता सुनार, १३ वर्षिय कल्पना बयाडी, २५ वर्षिय हेमा बयाडी, पुनर्वास-५ का १३ वर्षिय अरुण खाती र १४ वर्षिय लक्ष्मण थापा रहेको अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.का प्रहरी सहायक निरीक्षक बिष्णु धामीले जानकारी दिए ।
घाईते मध्ये १८ जना भन्दा बढिको पुनर्वास पोलिक्लिनिक र पुनित मेडिकलमा उपचार भइरहेको छ भने तीन जनाको अवस्था गम्भीर देखिएपछी धनगढी रेफर गरिएको छ ।
दुर्घटना पश्चात् ट्रेक्टर चालक पुनर्वास-५, सिमरीका रामप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ड्राइभरले मदिरा सेवन गरेको जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.