एकसाता अघि मोटरसाइकल दुर्घटनामा परेका पुनर्वासका वडासदस्य पृथ्वी गुरुङको उपचारको क्रममा निधन

हरिलाल जोशी
पुनर्वास, २ माघ । एकसाता अघि मोटरसाइकल दुर्घटनामा परेका कंचनपुरको पुनर्वास नगरपालिका-६ का वडा सदस्य पृथ्वी गुरुङको उपचारका क्रममा निधन भएको छ ।
पुनर्वास देखि काठमाडौ जादै गर्दा बुटवल नजिकै एक साता अघि मोटरसाइकल दुर्घटनामा परि टाउकोमा चोट लागि गम्भीर घाईते भई उपचारका क्रममा रहेका वडा सदस्य गुरुङको शुक्रबार निधन भएको हो ।
बुटवलको चौराह हस्पिटलमा उपचारका क्रममा रहेका गुरुङको बिहान ११ बजे निधन भएको नेपाली काङ्ग्रेसका पुनर्वास नगर सभापति यमप्रसाद पौडेलले जानकारी दिए ।
पुनर्वास-६ वडामा सदस्य गुरुङ नेपाली काङ्ग्रेसबाट एक्ला विजेता सदस्य हुन् । उनी नेपाली काङ्ग्रेस पार्टीका क्षेत्रीय प्रतिनिधि पनि थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.