जमिन भाडामा लिई कृषि क्रान्तिमा उदाए पुनर्वास बिचफाँटाका सूर्य

हरिलाल जोशी
पुनर्वास, २८ पौष
पुनर्वास–विश्वभर कोरोना भाईरस कोभिड–१९ को बढ्दो संक्रमणले सबैलाई तहसनहस पारेको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटाका सूर्य बुढा कृषि क्षेत्रमा उदाएका छन् ।
लामो समयसम्मको लकडाउनले बेरोजगार बनाएपछि उनी एकाएक उत्कृष्ट व्यवसायिक कृषक बन्ने नयाँ सोचका साथ कृषि क्षेत्रमा उदाएका हुन् ।
घरको न्यून आर्थिक अवस्थाका कारण कलिलै उमेरमा वैदेशिक रोजगारीमा हिडेका सूर्यले तीन वर्ष मलेशिया र करिब ७ वर्ष भारतको दिल्लीमा काम गरे ।
काम गर्दै गर्दा उनले भारतमै आफ्नो एउटा होटल व्यवसाय सञ्चालन गर्ने सोच बनाए । तर आफु नेपाली भएका कारण त्यहाँको प्रशासनले आफुलाई व्यवसाय सञ्चालन गर्न नदिएकोे बताए । भारतमा नेपालीलाई देखाएको खस्किदो व्यवहारले आफुलाई आफ्नै देश नेपालमै केहि गर्नुपर्छ भन्ने लाग्यो र नेपाल फर्किए । आफु रोजगारीकै सिलसिलामा भारतमा रहँदा प्रवास नेपाल जनकल्याण समिति भारतको सह–कोषाध्यक्ष र सुदूरपश्चिम सेवा समाज दिल्ली राज्य समितिको सदस्यमा रहि भारतमा रहेका नेपालीको पीर्स मर्काका विषयमा कामहरु गर्दै आएको बताए ।
कृषक सूर्य बुढा कलाकारिता र खेलकूद क्षेत्रमा निकै रुचि भएका व्यक्ति हुन् । उनी परोपकार युवा क्लबका अध्यक्षमा रहि बिचफाटामा तीनदिने रमाईलो मेलाको आयोजना गरेका थिए ।
भारतबाट नेपाल फर्किएपछि उनले काठमाडौंको नयाँ बसपार्कमा ूसूर्य सुदूरपश्चिम रेष्टुरेण्ट एण्ड खाजा घरू सञ्चालन गरे । होटल व्यवसाय त्यति लाभदायी नबनेपछि उनी फेरी आफ्नै जन्म स्थान गाउँ पुनर्वासको बिचफाँटामा फर्किए र ूसूर्य जुत्ता तथा चप्पल उद्योगू सञ्चालन गरे ।
विश्वभर फैलिएको कोरोना भाईरसका कारण लामो समयसम्म भएको लकडाउनले उनको यो व्यवसाय पनि धरासायी हुन पुग्यो ।
उनले पुनः नयाँ सोचको सृजना गर्दै गर्दा कृषिमा उचित ठाने र व्यवसायिक कृषितर्फ अग्रसर भए । सोचमा व्यवसायिक कृषितर्फ अग्रसर देखिएपनि उनीसँग तरकारी खेती गर्ने जमिनको अभाव थियो । त्यसपश्चात उनले छरछिमेकीको करिब चार बिघा जमिन वार्षिक रकम भुक्तानी गर्ने गरी भाडामा लिए, अनि तरकारी व्यवसाय शुरु गर्न उनीसँग आर्थिक थिएन । आर्थिकका लागि उनले आफ्नै गाँउघरका सहकारीमार्फत ऋण लिए । ऋण लिए पश्चात कृषि व्यवसाय शुरु गरेका सूर्यले फेरि ूसूर्य कृषि फर्मू दर्ता गरे ।
उनले अहिले भाडामा लिएको चार बिघा जमिन मध्ये करिब तीन बिघा जमिनमा आलु खेती गरेका छन् । भने करिब एक बिघा जमिनमा काउली, ब्रो काउली, बन्दा, टमाटर, मटर, गाजर, प्याज, खुर्सानी, चुकुन्दर, लसुन र धनिया लगाएका छन् । तरकारी खेती शुरु गरेपनि सिचाईको निकै असुविधा भएको व्यवसायिक कृषक सूर्य बताउछन् । उनले सिचाँईको असुविधाका कारण नल्कामा जडान हुने हाप ईन्चको मोटरले करिब चौध कट्ठा जमिनमा लगाएको तरकारी बाली सिचाँई गर्नु पर्ने बाध्यता रहेको बताए ।
यस्तै विभिन्न समस्याका कारण कृषि व्यवसायबाट धेरै कृषकहरु पलायन भएको बताउँदै सरकारी पक्षले कृषकलाई जोगाउन मल, बिउँबिजन, कृषि यन्त्र र सिचाईमा अनुदान दिनुपर्ने कृषक बुढाको भनाई छ । उनले भारतबाट आयात हुने तरकारीमा मानव स्वास्थ्यका लागि हानी हुने विषादी प्रयोग गरेको हुने हुँदा नेपालमै अर्गानिक तरकारी उत्पादनलाई सरकारले बढावा दिनुपर्ने बताए । विगतदेखि नै पुनर्वासका कृषकहरु बजार प्रर्वद्धनको समस्याले निकै हैरानी खेपिरहेको अवस्था छ ।ू उनले भने ( ूअब स्थानीय सरकारले यसलाई सहज गर्नुपर्छ । तरकारी खेतीमात्रै नभई बाख्रा पालन पनि शुरु गरेका कृषक बुढाले एकजनालाई बाख्राको स्याहार सुसारका लागि मासिक ज्यालादारीमा राखेको बताए । उनले साढे चार लाख लगानी गरेको सो तरकारी खेतीबाट दोब्बर आम्दानी गर्ने मनसाय राखेको कृषक बुढाले हेल्लो पुनर्वाससँग बताए । यस्ता जोशिला युवाहरु लकडाउनका कारण स्वदेशमै केहि गर्नुपर्ने उर्जाका साथ कृषिमा अघि बढि रहँदा सम्बन्धित निकायले यस्ता कृषि उद्यमीहरुको पहिचान र अनुगमन गरी कृषक बुढा जस्ता वास्तविक किसानहरुलाई राहतका प्याकेज उपलब्ध गराउनुपर्ने जरुरी छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.