नगरपालिका कार्यालयमा सुकुम्बासीको तालाबन्दी पछि सुरक्षा व्यवस्था कडाई, तालाबन्दी खुलेन्

हरिलाल जोशी
पुनर्वास, २८ पौष
आईतबार कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयमा सुकुम्बासी संघर्ष समितिले नाराबाजी सहित तालाबन्दी गरेपछि सुरक्षा व्यवस्था कडाई गरिएको छ ।
सोमबार पुनर्वास नगरपालिकाको कार्यालय वरिपरि र नगर प्रमुखको निवास नजिक जनपद प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा तैनाथ देखिएका थिए ।
सुकुम्बासी संघर्ष समितिका संयोजक जगत सायरले सुकुम्बासीहरुलाई चुनाव ताका आफ्नो स्वार्थी पूर्ति गर्न पूर्जा उपलब्ध गराउँछौ भन्ने झुठा आश्वासन दिँदै भोटका लागि प्रयोग गरेको बताए ।
निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो तीन वर्षको कार्यकाल सकिसक्दा पनि अहिलेसम्म सुकुम्बासीहरुका समस्याहरु हल गर्न तर्फ कुनै चासो नदिएको संयोजक सायरको आरोप छ ।
यता पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले पुनर्वास नगरपालिका अन्र्तगतको ऐलानी जमिन राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेका कारण स्थानिय सरकारलाई सकस परेकोे बताए ।
उनले सुकुम्बासीहरुलाई आश्वासन मात्रै नदिएको बताउँदै निर्वाचित पछिको पहिलो कार्यापालिका बैठकको निर्णय नै सुकुम्बासहिरुलाई लालपूर्जा वितरण सम्बन्धमा रहेको बताए ।
ूयस अघि केन्द्र सरकारले स्थानिय सरकारलाई अधिकार प्रत्यायोजन गरेको अवस्था थिएनू नगर प्रमुख थापाले भने ूअब विभिन्न स्थानिय पालिकाहरुमा आयोग गठन भईसकेको छ, हामी पनि सुकुम्बासीलाई निःशुल्क जग्गाधनी प्रमाणपूर्जा कसरी उपलब्ध गराउने भन्ने विषयमा चिन्तित छौ ।आन्दोलनकै क्रममा सुरक्षाकर्मी र सुकुम्बासीहरु बिच धकेलाधकेल र लाठी चार्ज सम्म हुन पुग्यो । सोहि क्रममा दुवै पक्षलाई सामान्य चोट पनि लागेको थियो । आईतबार सुकुम्बासीहरुले नगरपालिका दिनभर घेराउ गरेपछि अन्तमा सुरक्षाकर्मी र सुकुम्बासी पक्षबिच सामान्य झडप भएको थियो । पुनर्वासको जनपद र सशस्त्र प्रहरीको सुरक्षाबाट विवाद साम्य असम्भव देखिएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गण धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीको थप प्रहरी टोली नगरपालिका आईपुगेपछि बल्ल विवाद सामान्य हुन पुगेको थियो । नगर प्रमुखलाई प्रहरी स्कटिङ र बाक्लो सुरक्षा मार्फत नगरपालिका कार्यालयबाट बाहिर निकालेपछि संघर्ष समितिले मूलगेटमा पनि अनिश्चितकालीन तालाबन्दी गरेका थिए । सोमबार दुई पक्ष वार्ताका लागि सुकुम्बासी संघर्ष समितिलाई सम्पर्क गर्दा सम्पर्क नभएको तर पछि पत्र पठाएको नगर प्रमुख थापाले बताए ।नगरपालिकाको पत्र प्राप्त पश्चात सोमबार दिउँसो समितिको छलफल हुँदा मंगलबार दुई पक्ष बसेर वार्ता गर्ने छलफल भएको तर समय तय नभएको सुकुम्बासी संघर्ष समितिका संयोजक सायरले जानकारी दिए ।
संयोजक सायरले हाम्रा मागहरु सम्बोधन नभए तालाबन्दी यथावत रहने जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.