दिनेश अटोमोटिभ्सले बजारमा ल्यायो ‘बजाज डोमिनार २५०’

हेल्लो समाचारदाता
धनगढी, २६ पौष
धनगढीको बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता दिनेश अटोमोटिभ्सले बजारमा ‘बजाज डोमिनार २५०’ सार्वजनिक गरेको छ । बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ । साथै एकल–सिलेन्डर, लिक्विड–कुल्ड, ट्युनस्पार्क, ४–स्ट्रोक, ४–भल्भ र डीओएचसी छ । डोमिनार २५० मा १ सय ३२ किलोमिटर प्रतिघण्टासम्मको गति छ ।
यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघण्टाको गतिसम्म कुद्न सक्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा बजाज डोमिनार २५० को मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा उपलब्ध छ । बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ ।
यसको सेकेन्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको कम्पनीले बताएको छ । चालकको सुरक्षाका लागि लामो दूरीको यात्राको दौरान गियरलाई सुरक्षित राख्ने काम सिटको मुनि रहेको बन्जी स्ट्राप्सले गर्ने कम्पनीको भनाइ छ ।
यसमा १७ इन्चको ट्युबलेस टायर्स, अगाडि ३ सय एमएम डिस्क र पछाडि २३० एमएम डिस्क छ । यो डुअल–च्यानल एबीएसमा पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
जुन बाईकले गा्रहकहरुमा नयाँ जोश र नयाँ अनुभव प्रदान गर्ने दिनेश ग्रुपका कार्यकारी निर्देशक श्याम हमालले बताए ।
“लन्च भए देखि नै आफ्नो आधुनिक एवम पृथम डिजाईन र उत्कृष्ट परफमेन्सको लागि यो बाइक परिचित छ ।” हमालले बाइकको कभर अनावरण गर्दै भने, “यसमा रहेको २५० सि.सि.डि.टि.एस आई इन्जनले २७ पि.एस.पावरले गा्रहकको मन जित्नेमा ढुक्क छु ।” कार्यक्रममा ‘बजाज डोमिनार २५०’ को विशेषता बार दिनेश अटोमोटिभ्सका प्रबन्धक तेज बमले प्रकाश पारेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.