अरनिको आधारभूत विद्यालयको अध्यक्षमा दाउत तामाङ

पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा लकडाउन अगावै म्याद सकिएका व्यवस्थापन समितिहरु धमाधम गठन भइरहेका छन् ।
लकडाउनका कारण रोकिएको पुनर्वास नगरपालिका-२ स्थित अरनिको आधारभूत विद्यालयमा पनि अभिभावक भेलाको समझदारीमा समिति गठन प्रक्रिया सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयको प्राङ्गणमा बसेको अभिभावक भेलाले दाउत तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन गरेको हो ।
विद्यालयको सर्वाङ्गिण विकास युवा पुस्ताबाट सम्भव हुने भन्दै अभिभावकहरुले कुशल युवा व्यवसायी दाउत तामाङलाई विद्यालयको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
विद्यालयको अध्यक्षमा दाउत तामाङलाई सर्वसम्मत चयन गर्दै अभिभावकहरुले विद्यालयको चौतर्फी विकास हुन्छ भन्ने पुर्ण विश्वास लिएको बताएका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.