राडा नेपालद्वारा पुनर्वासका दुई विद्यालयका विद्यार्थीहरुलाई स्विटर वितरण

हरिलाल जोशी
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तर्गतका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई राडा नेपाल नामक संस्थाले स्विटर वितरण गरेको छ ।
बुधबार पुनर्वास नगरपालिका-६ स्थित बहिरा विद्यालयका सम्पूर्ण विद्यार्थीहरु र पुनर्वास नगरपालिका-७ स्थित राष्ट्रिय आधारभूत विद्यालयका शिशु कक्षाका विद्यार्थीहरुलाई स्विटर वितरण गरेको हो ।
राडा नेपालका अध्यक्ष राजेन्द्रसिंह धामीको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पुनर्वास-६ का वडाध्यक्ष मनबहादुर गुरुङको विशिष्ट आतिथ्य रहेको थियो । भने पुनर्वास जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङ र बहिरा विद्यालय पुनर्वासका शिक्षक विष्णु अर्यालको आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सहजीकरण गर्न राडा नेपालका संस्थापक अध्यक्ष शिव बिष्टबाट १ सय ५ रुपैयाँ अमेरिकन डलर, भारत घर भइ हाल अमेरिकामा बस्दै आएकी सिमा भगतबाट २ सय १ डलर र पुनर्वासका बिरेन्द्र श्रेष्ठबाट नेपाली पन्ध्र सय रुपैयाँ न्यानो लुगा वितरणका लागि सहयोग आएको राडा नेपालका सचिव रुपेश खरेलले जानकारी दिनुभयो ।
यस अघि पनि संस्थाका संस्थापक अध्यक्ष बिष्टले अमेरिकालाई कर्मथलो बनाई बसेका पुनर्वासका व्यक्तिहरुबाट आफ्नो पहलमा आर्थिक संकलन गरी न्यानो लुगा(स्विटर) वितरणका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।
वि.स. २०७० सालमा स्थापना भएको सो संस्थाले नगरपालिका, बन कार्यालय र अन्य सहयोगी संघसंस्था तथा व्यक्तिहरुसंग समन्वय गरी विगतका वर्षहरुमा पनि पुनर्वासका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ ।
संस्थाका कोषाध्यक्ष नविन तिमिल्सिनाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचीव रुपेश खरेलले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.