पुनर्वासको आई.बी.आर.डी. हाटबजार पौष २५ गते शनिबारदेखि सञ्चालन हुने

हरिलाल जोशी
पुनर्वास–कोरोना भाईरसका कारण लामो समयसम्म प्रभावित बनेको पुनर्वासको आई.बी.आर.डी.स्थित शनिबारे साप्ताहिक हाटबजार सञ्चालन हुने भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ का लागि नयाँ ठेक्का सहित पुनर्वास नगरपालिका कार्यालयले स्वास्थ्य मापदण्ड अपनाई सो शनिबारे साप्ताहिक हाटबजार २५ गते शनिबारदेखि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको होे ।
यस वर्षको हाटबजारको ठेक्का पाएका ठेकेदार रविन्द्र तामाङ्गले सम्पूर्ण व्यापारीहरुलाई स्वास्थ्यका मापदण्ड सहित हाटबजार क्षेत्रभित्र आ-आफ्ना व्यवसायहरु ल्याउन र किनमेलका लागि उपभोक्ताहरुलाई अनुरोध गरेका छन् ।
Comments are closed.