बेलौरी प्रहरीद्वारा ६३ ग्राम खैरो हिरोईन र नगद सहित एक युवक पक्राउ

हरिलाल जोशी
पुनर्वास – केहि समययता कञ्चनपुरको बेलौरी प्रहरीले लागुऔषध कारोबार गर्ने व्यक्तिहरुलाई धमाधम पक्राउ गर्दै आएको छ । सोमबार फेरी प्रहरीले बेलौरी नगरपालिका- ४ बेलौरी बजारबाट एक युवकलाई खैरो हिरोईनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलौरी नगरपालिका-१० बस्ने ३६ वर्षीय बलबहादुर चन्द रहेकोे इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खडकाले बताए ।
चन्दलाई इलाका प्रहरी कार्यालय बेलौरी र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका चन्दबाट ६३ ग्राम खैरो हिरोईन र नगद ७८ हजार ४ सय ८० रुपैयाँ फेला परेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान जारी रहेको र उनलाई लागु औषध ओसापोसार विरुद्धको मुद्दा दायर गरिने प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.