लकडाउनले पुनर्वसमा व्यवसाय दर्ता गर्नेको संख्यामा वृद्धि

हरिलाल जोशी
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकामा लकडाउनका कारण अघिल्लो वर्षहरु भन्दा यस वर्ष व्यवसाय दर्ता गर्नेको संख्यामा निकै वृद्धि भएको छ ।
पुनर्वास नगरपालिकाको राजश्व शाखाको तथ्यांक अनुसार अघिल्लो वर्ष भरीको दर्ता संख्या यस वर्ष साँढे पाँच महिनामै बढि देखिएको हो ।
विश्वभर कोरोना भाईरस कोविड–१९ को संक्रमणले वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरु स्वदेश फर्की बेरोजगार बनेपछि आफ्नै देशमा केहि गर्नुपर्ने सोचको विकास हुँदा व्यवसाय दर्ता गर्नेहरुको संख्यामा वृद्धि देखिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले बताए ।
नगर प्रमुख थापाका अनुसार व्यवसाय दर्ता मात्रै ठुलो कुरा नभई उत्पादन तर्फ जागरुक भई ,तत्कालै ठुलो मुनाफा तर्फको सोच नराखी धैर्यताका साथ अघि बढ्नुपर्ने बताए ।
उहाँले नगरपालिकामा रहेका उत्कृष्ट कृषकहरुलाई नगरपालिका मार्फत विभिन्न राहतका प्याकेजहरु उपलब्ध गराउने पनि बताए ।
२०७६÷०७७ को तथ्यांक अनुसार पुनर्वास नगरपालिकाबाट दुई सय आठ व्यवसाय दर्ता भएको तथ्यांक छ । तर गत आर्थिक वर्षको मध्यान्तर नपुग्दै दुई सय ६६ व्यवसाय दर्ता भईसकेको व्यवसाय दर्ता तथा राजश्व फाँटकी कम्प्युटर अपरेटर नारायणी अधिकारीले जानकारी दिईन ।
अन्य वर्षहरु भन्दा यस वर्ष कृषि तथा पशुपालन तर्फ व्यवसाय दर्ता गर्नेहरुको संख्या बढ्दो रहेको राजश्व शाखाका प्रमुख मानबहादुर खड्काले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.