नेपाली काङ्ग्रेस कंचनपुर क्षेत्र नम्बर १ का सभापति उपाध्यायलाई कोरोना पोजेटिभ

हरिलाल जोशी
पुनर्वास –नेपाली काङ्ग्रेस कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपी प्रसाद उपाध्यायलाई कोरोना पोजेटिभ देखिएको छ ।
आईतबार आएको कोभिड रिपोर्टमा काङ्ग्रेसका क्षेत्रीय सभापति उपाध्यायलाई कोरोना पोजेटिभ देखिएको हो ।
केहि दिनदेखि निरन्तर पार्टीका कार्यक्रममा रहेका क्षेत्रीय सभापति उपाध्यायलाई उच्च ज्वरो ,शरिरको विभिन्न जोर्नीहरुको दुखाई जस्ता समस्याहरु देखा परेपछि स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको नेपाली काङ्ग्रेस कंचनपुरका नेता प्रकाश राज पन्तले बताए ।
कोरोना पोजेटिभ रिपोर्ट पछि उहाँ अहिले बेलौरी नगरपालिका-९ मा रहेको कुण्डा आईसोलेसनमा बस्नु भएको आईसोलेसन कुण्डाकी प्रमुख ममता बिष्टले बताइन् ।
Comments are closed.