खप्तड सायल एकता समाजद्वारा सायल घर भएका जनप्रतिनिधिहरुलाई सम्मान

पुनर्वास- खप्तड सायल एकता समाज कैलाली ,कंचनपुरको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार पुनर्वास नगरपालिका-५ स्थित श्री सिद्देश्वर महादेव मन्दिरको प्राङ्गणमा सो एकता समाजको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
खप्तड सायल एकता समाजका अध्यक्ष नन्दबहादुर सिंहको सभाध्यक्षमा भएको कार्यक्रममा कंचनपुर जिल्ला अदालतका श्रेस्तादार तथा कानून उपसचिव यदुराज शर्माको प्रमुख आतिथ्य रहेको थियो भने पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनार र पुनर्वास-५ का वडा अध्यक्ष बीरबहादुर बोगटीको बिशिष्ट आतिथ्य रहेको थियो ।
पुर्खौली घर सायल गाउँपालिका भई अन्यत्र छरिएर बसेका व्यक्तिहरुको पहिचान, रहनसहन र चालचलनको जगेर्ना र थप एकताको लागि सो एकता समाजको गठन गरिएको एकता समाजका सदस्य चेतराज कापडीले जानकारी दिए । कार्यक्रममा आ-आफ्नो मन्तव्य राख्नुहुदै उपस्थित वक्ताहरुले मसायल गाउँपालिका भित्रका प्राकृतिक सम्पदा, धार्मिक तथा पर्यटन क्षेत्रको परिचय र महिमा व्यक्त गरेका थिए भने सुदूरपश्चिमेलीहरुको महान पर्व भुवा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सायल गाउँपालिका पुर्ख्यौली घर भई हाल कैलाली, कंचनपुरमा जनप्रतिनिधि , शिक्षक, सामुदायिक विद्यालयका शिक्षक, विधालय व्यवस्थापन समितिका अध्यक्ष , ज्योतिष, देउडा गायक लगायतका थुप्रै व्यक्तित्वहरुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
खप्तड सायल एकता समाजका कोषाध्यक्ष चन्द्रकला उपाध्यायको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन एकता समाजका सल्लाहकार संयोजक गणेश उपाध्यायले गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.