पुनर्वास-लालझाडी जोड्ने झोलुङ्गे पुलको उद्घाटन

पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकालाई जोड्ने नव निर्मित झोलुङ्गे पुलको उद्घाटन भएको छ ।
शुक्रबार दोदा नदिमा र्निर्माण गरिएको नगरपालिका-२ अमरैया देखि लालझाडी गाउँपालिका-१, बिनबारी जोड्ने झोलुङ्गे पुलको ब्यानर खोली रिबन काटेर प्रदेश सभा सदस्य माननीय तारालामा तामाङ लगायत पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै प्रदेश सभा सदस्य तारा लामा तामाङले आफ्नो निर्वाचन क्षेत्रको पुर्वाधार विकासमा निरन्तर लागेको बताए ।
उनले प्रदेश सरकारको बजेट मार्फत जनताका आवश्यकतालाई मध्यनजर गर्दै थुप्रै योजनाहरु आफुले ल्याएको र अझै धेरै योजनाहरु ल्याउन बाकी रहेको बताए ।
पुर्वाधार विकास कार्यालय कंचनपुर मार्फत निर्माण सम्पन्न भएको सो झोलुङ्गे पुल माननीय तारा लामाको पहलमा निर्माण भएको हो ।
झोलुङ्गे पुल निर्माणले खुशी हुदै स्थानीयहरुले माननीय तारालामा तामाङलाई हृदय देखि धन्यवाद व्यक्त गर्दै लामा विकास प्रेमी नेता भएको दावी गरे
१ करोड ९९ लाख लागतमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको लम्बाई २ सय तिन मिटर रहेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.