कञ्चनपुरको पुनर्वासमा ७१ वर्षीया वृद्धाको हत्या

पुनर्वास, १३ पुस । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्कामा हिरापुर बस्ने ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या भएको छ ।
घरमा एक्लै बस्ने वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो घरभित्रै शव फेला परेको प्रहरीले जनाएको छ ।
वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताउनु भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक खण्टी भुलका भाइ हिरे भुलका अनुसार, खण्टी भुलले सधैंजसो नाक, कान र घाँटीमा तीन तोला जतिका सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुन सक्ने आशंका गरिएको छ । मृतकको नाकमा सानो बुलाकी बाहेक अन्यत्र कुनै पनि गरगहना नभेटिएको प्रहरीले जनाएको छ ।
मृतक वृद्धाका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको र बुहारी तथा नातिनी कैलालीको धनगढीमा बस्ने गरेको बताइएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.