संघिय संसद विघटनका विरुद्ध जसपाद्वारा पुनर्वासमा मसाल जुलुस

हरिलाल जोशी
पुनर्वास–केपी ओली सरकारले संघिय संसद विघटन गरेको विरुद्धमा कञ्चनपुरको पुनर्वासमा जनता समाजवादी पार्टी नेपालले मसाल जुलुस निकालेको छ ।
शनिबार साँझ जनता समाजवादी पार्टी नेपालकी पुनर्वास नगर संयोजक सत्यदेवि चापागाई ढकालको नेतृत्वमा पुनर्वासको आई.बि.आर.डी. बजारको एनसेल चोकबाट मसाल जुलुस निकालेको हो ।
मसाल जुलुसमा सहभागीहरुले केपी ओली मुर्दावाद ,राष्ट्रपति विद्या देवि भण्डारी मुर्दावाद ,केपि तिम्रो पाराले , दुःख पाए साराले ,जनता समाजवादी पार्टी जिन्दावाद जस्ता अनेकौ शब्दावली सहित नाराबाजी गरेका थिए । एनसेल चोकबाट निकालेको मसाल जुलुस देशका लागि ज्यानको आहुति दिनुभएका नेपाली विर शहिदहरुलाई स्मरण गर्दै आई.बि.आर.डी स्थित शहिद गेटमा पुगेर जुलुस सम्पन्न गरेको जनता समाजवादी पार्टी नेपालकी पुनर्वास नगर संयोजक सत्यदेवि चापागाई ढकालले बताईन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.