गुल्मिमा बुहारी ले गरे प्रमुख जिल्ला अधिकारी लाई स्वागत

धनबहादुर बिक
गुल्मि १२ पुस ।  पाँच नम्बर प्रदेश को गुल्मि मा हालैमात्र सरूवा भई अाउनु भएकि प्रमुख जिल्ला अधिकारी रूद्रादेबी शर्मालाई शुक्रबार मेचीमहाकाली बुहारी सयुंक्त अावाज समुहले स्वागत गरेका छन । दुई नम्बर प्रदेश रामेछापबाट हालैमात्र सरूवा भई गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारी जस्तो गरिमामय जिम्मेवारी निर्वाह गर्न अाउनुभएकि शर्मा लाई मेचीमहाकाली सयुक्त अावाज गुलमि कि अध्यक्ष कमला परियारको नेतृत्वमा गएको बुहारि समितिले स्वागत गरेका हुन ।
अाफ्नो जिल्लामा प्रमुख जिल्ला अधिकारी पदमा महिला को अागमनले गुल्मी का महिलाहरू हर्षित भएका छन ।
पछिल्लो समय गुल्मिमा महिला हिंसा , बलात्कार तथा बाल हिंसा मा वृद्धि हुनेगरेको र न्यायीक क्षेत्रमा बसेका सरोकारवाला ले पिडितलाई न्याय दिनुको साटो राजनितीकरण गरि पिडितपक्षलाई अन्यायमा पार्ने गरिएको बिषय प्रमुख जिल्ला अधिकारी शर्मालाई बुहारी संघले अवगत गराएका थिए ।महिला हिंसा बलात्कार तथा बाल हिंसा पिडितलाई न्याय दिने बिषयमा वहाँ ले बिशेष भुमिका निर्वाह गर्नुहुनेछ अध्यक्ष परियारले बतनईन ।
अन्यामा परेका महिला बालबालिका तथा जुनसुकै समुदायलाई न्याय दिन अाफु पछि नपर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । कानुनको दायरामा रहेर काम गर्न हो वहाँ ले बताउनुभयो । एक्लैले केही पनि गर्न सकिदैन समुदायका सरोकारवाला संग हातेमालो गरि अघि बढ्ने शर्माले बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.