“साना किसान तालाबन्दी काण्ड” ताला खुल्यो ,भवन निर्माणका कागजातहरु छानविन समितिको नियन्त्रणमा

हरिलाल जोशी
पुनर्वास–आठ दिन देखि साना किसान सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीमा लागेको तालाबन्दी खोलिएको छ ।
भवन निर्माणमा आर्थिक अनियमितता लगायतका विभिन्न मागहरु सहितको ज्ञापनपत्र टाँस गर्दै शेयर सदस्यहरुले सहकारीमा लगाएको तालाबन्दी शुक्रबार खोलिएको हो ।
तालाबन्दी गर्ने शेयर सदस्यहरुलाई नगरपालिकाबाट अलग्गै ९ सदस्यीय छानविन समिति गठन गरिसकेको भनि नगर प्रमुख जिवनराज थापाले शेयर सदस्यलाई ताला खोलिदिन आग्रह गर्दा ताला खोल्न नमानेपछि नगर प्रमुख थापाकै रहोवरमा सुरक्षाकर्मी,छानविन समिति ,सञ्चालक समिति ,शेयर सदस्य र पत्रकारको उपस्थितिमा ताला फोडिएको थियो । ताला फोडिएपछि तत्कालै नगरपालिकाले गठन गरेको उपप्रमुखको संयोजकत्वमा बनेको ९ सदस्यीय छानविन समितिले भवन निर्माणका सबै कागजातहरु सञ्चालक समितिबाट आफ्नो अधिनमा लिएको छ ।
कागजातहरु अधिनमा लिँदै छानविन समितिकी संयोजक तथा नगर उपप्रमुख शारदा बिष्टले आईतबार देखि निरन्तर कागजातहरु छानविन कार्य सुरु गरिने बताउनुभयो ।
“दश दिन भित्र छानविन समितिले प्रतिवेदन तयार गरि नगर सहकारी समन्वय समितिलाई बुझाउँछौ” उहाँले भन्नुभयो “हामी निष्पक्ष छानविन गरि सत्यतथ्य बाहिर ल्याउँछौ धैर्य गर्नुस ।”।
त्यस्तै नगर प्रमुख जिवनराज थापाले पनि छानविन निष्पक्ष हुने बताउनुभयो । उहाँले छानविन समितिले आर्थिक अनियमितता देखाए सहकारी सञ्चालक समिति र प्रबन्धलाई कडा कार्वाही गरिने बताउनुभयो ।
उहाँले छानविन निष्पक्ष र सत्यतथ्य हुने भन्दै विश्वस्त रहन सम्पूर्ण सेयर सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।
नगर सहकारी समन्वय समिति पुनर्वासले उपप्रमुखको संयोजकत्वमा गठन गरेको ९ सदस्यीय छानविन समितिमा पुनर्वास–५ का वडाध्यक्ष विरबहादुर बोगटी , सहकारी समन्वय शाखाका अधिकृत धौलराम सार्की, नेकपाका नगर अध्यक्ष पदम पुजारा ,नेपाली काँग्रेशका नगर सभापति यमप्रसाद पौडेल , ईन्जिनियर मुरलीधर जोशी , ईन्जिनियर सुबास पाठक , नगर सहकारी समन्वय समितीका सदस्य सोमराज बराल र एककुमार श्रेष्ठ रहनुभएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.