सहकारी सञ्चालक समितिको लापर्वाहीका कारण कार्यालयको तालाबन्दी अझै खुलेन

हरिलाल जोशी
पुनर्वास–साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीमा लगाएको ताला सञ्चालक समितिको लापर्वाहीका कारण अझै खुल्न सकेको छैन् ।
सहकारी सञ्चालक समितिले गरेको आर्थिक अनियमितता बारे उजुरी गर्दा समेत सरोकारवाला निकायले कुनै सुनुवाई नगरेको भन्दै आईतबार संस्थाका शेयर सदस्यहरुले कार्यालयमा लगाएको ताला मंगलबार पनि खुल्न सकेन ।
सहकारीमा ताला लाग्ने बित्तिकै सञ्चालक समितिले आकस्मिक बैठक आह्वान गर्नुपर्ने थियो तर तालाबन्दी भएको तेश्रो दिनमा बल्ल बैठक बस्न सुरु भयो ।
तर त्यै बैठक पनि समितिका सदस्यको अनुपस्थितिका कारण बस्न नसकेको संस्थाकी प्रबन्धक कल्पना चापागाईले बताईन ।
बैठक बस्ने सुनेको थिए, के भयो निर्णय भनेर संस्थाकी अध्यक्ष शोभा सुयलसँग फोनमार्फत जानकारी लिन खोज्दा सुरुमा आफूलाई सो सम्बन्धी जानकारी नभएको बताईन । तर पछि फेरी सोध्दा आफू भर्खरै संस्थाबाट आए ल ल भाइ मेरो बाख्रा बाध्नु छ, पछि कुरा गरौँला भन्दै फोन राख्नुभयो ।
सहकारीमा तालाबन्दी हुँदा कार्यालयका दैनिकी कामहरु पूर्ण रुपमा बन्द भएका छन् । तैपनि समस्याको समाधान खोज्नतर्फ सञ्चालक समिति अग्रसर देखिदैनन् ।
सञ्चालक समितिले तालाबन्दीको विषयलाई गम्भीर रुपमा नलिएकै कारण तालाबन्दी खुल्न नसकेको शेयर सदस्यहरुको भनाई छ ।
दोस्रो तला निर्माणमा सञ्चालक समितिले करिब ४६ लाख रुपियाँ खर्च देखाएपछि शेयर सदस्यहरुले भदौ २१ मा पुनर्वास नगरपालिकाको कार्यालय, सुदूरपश्चिम भुमि कृषि तथा सहकारी मन्त्रालय, नेपाल पत्रकार महासंघ कैलाली, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, नेपाल कृषि सहकारी केन्द्रीय संघ काठमाडौं, ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती, साना किसान विकास बैंक अत्तरीयालाई बोधार्थ दिएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा आवश्यक छानविन र दोषी उपर कार्वाही सम्बन्धमा उजुरी दिएका थिए ।
कुनै निकायले पनि छानविन नगरेपछि आईतबार विभिन्न माग सहितको ज्ञापनपत्र कार्यालयको हातामा टाँस गर्दै तालाबन्दी गरेको सहकारीकी शेयर सदस्य राधिका धामीले बताईन् ।
शेयर सदस्य धामीले हाम्रो रकममा कर्मचारी र सञ्चालक समितिको रजाई भएको भन्दै तत्कालीन सञ्चालक समिति खारेज हुनुपर्ने बताईन् । समिति खारेज नभए अझै सहकारीमा घोटाला हुनसक्ने वहाँको दावी छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.