पुनर्वासको एक टेलर्समा आगलागी ,७ लाख बराबरको क्षति

हरिलाल जोशी
पुनर्वास १ १  ; कञ्चनपुरको पुनर्वासमा बिधुत सर्ट हुदा एक सिलाई पसलमा आगलागी भएको छ ।
बुधबार राती पौने १० बजे बिधुत सर्ट हुँदा पुनर्वास(६ स्थित न्यु काठमाडौ मामा टेलर्समा आगलागी भएको हो ।
आगलागीबाट उधारो लेनदेनको खाताहरु , बिहेका लागि सिलाउन दिएका कोट पाईन्टहरु ,सिलाउन बाकी कपडाहरु, सिलाई मेसिन ,फर्निचर र नगद २५ हजार सहित करिब ७ लाख रुपैयाँ बराबरको नोक्सान भएको टेलर्स सञ्चालक अशोक दर्जीले जानकारी दिए ।
उनका अनुसार बाटोमा हिड्ने बटुवाले आगो लागेको थाहा पाएपछि वरपर सबैलाई जानकारी गराएको र स्थानीय सबैको सहयोगबाट आगो करिब एक घण्टा पछि नियन्त्रणमा आएको बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.