कञ्चनपुर : एक नेपालीको भारतीय जङ्गलमा गाेली हानी हत्या

हेल्लो समाचारदाता
पुनर्वास, ५ मंसिर ।एक नेपालीको भारतीय जङ्गलमा गाेली हानी हत्या गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ उर्दी का अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्क सगैं जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
हत्याको खबर सुने लगत्तै नेपालका तर्फबाट स्थानीय सहित इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्ट र भारतीय सुरक्षाकर्मी घटना स्थल पुगेका थिए । घटनाको प्रकृति हेर्दा गाेली हानी हत्या नै गरिएको बताइएको छ ।
भारतीय मझेरी जङ्गलमा नेपालीको शव :
परिवार स्रोतका अनुसार – राना बुधबार दिउँसो २ बजेतिर घरबाट निस्केका थिए । दिनभर डुल्न गएपनि बेलुकी घर आउने राना अबेर सम्म पनि नआए पछि भाेलिपल्ट बिहानै स-परिवार उनको खाेजीमा जुटेका थिए ।
खाेज्दैजादा पुनर्वास नगरपालिका ७ स्थित १८३ नम्बर पिलर देखि करिब ७ सयमिटर भित्र भारतीय क्षेत्र अन्तर्गत पर्ने मझेरी जङ्गलमा उनकाे शव भेटिएको थियो ।”
छातीमा गाेली हानी हत्या :
मृतक रानाकाे छातीमा वारपार प्वाल परेकाले गाेली हानी हत्या गरिएको आशंका दुवै तर्फका सुरक्षाकर्मीले गरेका छन् । तर पुष्टि भने गरेका छैनन् ।
एक नेपालीको भारतीय जङ्गलमा हत्या के कसरी र किन.? भन्नेबारे सुक्ष्म अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।
हत्यारा अनुसन्धानको माग :
यता, मृतकका परिवारले घटना अनुसन्धानकाे माग अघि सारेका छन् । भने हत्यारा पत्ता नलगाए कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।
घटना भारतीय क्षेत्रमा घटेकाले भारतकाे एक अस्पतालमा शवकाे पाेष्टमार्टम गरिएको प्रहरी निरीक्षक बिष्टले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.