पुनर्वासमा खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाईते

हेल्लो समाचारदाता
पुनर्वास ४ ,मंसिर– कंचनपुरको पुनर्वासमा एक युवा समुहको खुकुरी प्रहारबाट एक जना गम्भीर घाईते भएका छन् ।
बुधबार दिउँसो साढे ४ बजेको समयमा पुनर्वास नगरपालिका-६ स्थित नगरपालिका कार्यालय अगाडि मोटरसाइकलमा हिडिरहेको अवस्थामा खुकुरी प्रहार हुँदा पुनर्वास-३ का २३ वर्षीय माने तामाङ गम्भीर घाईते भएका हुन् ।
घाईते तामाङको पुनर्वास पोलिक्लिनिक प्रा.लि. आई.बि.आर.डी. मा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने समुह तत्कालै फरार रहेको प्रहरीले जानकारी दिए ।
खुकुरी प्रहारबाट घाईते तामाङको गर्धनमा , पिठ्युँ र हातमा ठुलो चोट लागेको पुनर्वास पोलिक्लिनिकका जर्नल फिजिसियन डा. सागर केसीले बताए ।
घटना ज्यान मार्ने प्रवृत्तिको देखिएको हुँदा दोषीलाई तत्काल खोजी गरि कार्वाही गर्न प्रहरीलाई घाईतेका अंकल नेपाल तामाङले अनुरोध गरेका छन् ।
खुकुरी प्रहार गर्ने व्यक्तिहरु बेलौरी नगरपालिका-१ बस्ने भएको खुलेपनि खुकुरी प्रहारपछि फरार रहेका उनीहरुको खोजी कार्य जारी रहेको अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.का प्रमुख प्रहरी सहायक निरीक्षक दान बहादुर साउदले जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.