रानाथारु भाषाको पहिलो उपन्यास ‘फगुनी’ को विमोचन

हेल्लो समाचारदाता
धनगढी, २८ कार्तिक । रानाथारु भाषाको पहिलो उपन्यास ‘फगुनी’ को विमोचन एककार्यक्रम बीच बिहीबार सम्पन्न भएको छ ।
पदम रानाको प्रथम कृति फगुनीको विमोचन दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रमबीच धनगढीमा सम्पन्न भएको हो ।
नेपाल रानाथारु समाजद्वारा आयोजित सो शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य माननिय नारदमुनि रानाले फगुनीको बिमोचन गर्नु भएको थियो । कार्यक्रममा माननीय रानाले उपन्यासले रानाथारु समुदायको कला, संस्कृति, भाषा र समग्र रानाजाती समुदायको अस्थित्व बचाउनका साथै पहिचान दिन सहयोग पु¥याउने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय श्यामलाल रानाले उपन्यासको समीक्षा गर्नु हुँदै उपन्यासले रानाथारु समाजको वास्तविक सामाजिक परिवेशको चित्रण गरेको बताउनु भयो ।
कार्यक्रममा मन्तब्य दिनुहुँदै कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता बडायकले फगुनी उपन्यासले रानाथारुका ठेट शब्दहरु संकलन गरेको र यसले भाषा संरक्षणमा ठूलो योगदान पुर्याउने बताउनु भयो ।
कार्यक्रममा स्थानिय जनप्रनिधि, संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवि लगायत साहित्यपे्रमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.