पुनर्वासका सिमामा आवागमन बढ्न थालेपछि कालिका बजार व्यवस्थापन समितिको आपत्ति

पुनर्वास ,२७ कार्तिक – पुनर्वासका सिमा नाका पुनर्वासका अवैध सिमा नाकाहरुमा केहिदिन यता चहलपहल देखिएपछि कालिका बजार व्यवस्थापन समितिले सिमामा आवागमन रोक्न विभिन्न निकायहरुको पत्र मार्फत ध्यानाकर्षण गराएको छ ।
कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनारले हस्ताक्षर गरेको निवेदनमा नगरपालिका,उद्योग वाणिज्य संघ ,ईलाका प्रशासन कार्यालय लगायत सिमा सुरक्षा बल र प्रहरी कार्यालयलाई आवागमन रोक्न अनुरोध गरेको छ ।
कोरोना भाईरस संक्रमणका कारण गत चैत्र ११ गते देखि बन्द भएका सिमा नाकाहरु अषाढ महिना देखि सरकारले तोकेका केहि सिमा नाकाहरुमा आवागमन सुचारु गरिएको तर अन्य नाकाहरु बन्द अवस्थामा रहेपनि पुनर्वासका सिमा नाकाहरुमा भने सिमा सुरक्षा बल सशस्त्र प्रहरीले बिना रोकावट खुलेआम आवतजावत गर्न दिईरहेको हुँदा रोकावटका लागि बजारबाट पत्र मार्फत ध्यानाकर्षण गराएको कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनारले जानकारी दिए ।
अध्यक्ष सुनारले सम्बन्धित निकायले बेलैमा आवतजावत नरोके कोरोना भाईरसको माहामारी बढ्ने संकेत देखिएको पनि बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.