“स्थानीय भन्छन् ” ट्राफिक प्रहरी पुनर्वासको बजार चेकिङ्ग नियमित कि देखावटी

हेल्लो समाचारदाता
पुनर्वास , २५  कार्तिक। निकै समयपछि आईतवार पुनर्वासको आई.बी.आर.डी. बजारमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती ,अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डी. र अस्थायी ट्राफिक पोष्ट पुनर्वासको संयुक्त प्रहरी टोलीले सवारी चेकजाच गरेको छ ।
आईतबार दिउसो पुनर्वास नगरपालिका-३ आई.बी.आर.डी. बजारमा ट्राफिक प्रहरीको जब एक्कासी चेकजाच देखियो तब बजारबासीहरुले प्रहरीको बजार चेकिङ नियमित कि देखावटी भन्ने प्रश्न गरेका छन् ।
सवारी चेकजाँच नहुने भएपछि बजार क्षेत्रमा ओभर स्पिड,बिना हेल्मेट मोटरसाइकलमा चार जना सम्म सवार गरि बजार क्षेत्रमा कुद्ने गरेको स्थानीय व्यापारी सुजित पौडेलले बताए ।
“पहिला पहिला बजार क्षेत्रमा हप्तामा एकदिन भएपनि सवारी चेकजाँच हुन्थ्यो” उनले भने “तर अहिले ट्राफिक प्रहरी कस्ता हुन्छन भनेर बजारमा देख्न नि पाईन्न। ”
त्यस्तै कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनारले आई.बी.आर.डी. बजारमा ट्राफिक प्रहरी बिट निकै आवश्यक रहेको बताए ।
उनले बजारमा दुर्घटना हुँदा प्रायः दुर्घटना गर्ने साधनहरु फरार हुने गरेको घटना धेरै भएको बताए ।
सवारी चेकिङ्गकै विषयमा अस्थायी ट्राफिक प्रहरी पोष्ट पुनर्वासका प्रमुख जीतमान धामीसंग कुरा गर्दा एक्लै ट्राफिक प्रहरी मात्रै गएर बजारमा चेकिङ्ग गर्न नसकिने अवस्था रहेको र अन्य प्रहरीलाई लिएर जान कहिले साधन त कहिले उनीहरुको फुर्सद नहुने जानकारी दिए ।
उनले दैनिकै बजारमा सवारी चेकिङ्ग गर्न नसकेपनि समयानुकूल चेकजाँच गर्ने जवाफ दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.