पुनर्वासमा आफ्नै छोराको ढुङ्गा प्रहारबाट आमाको मृत्यु

पुनर्वास -९ कात्तिक । कञ्चनपुरको पुनर्वासमा आफ्नै छोराको ढुङ्गा प्रहारले आमाको ज्यान गएको छ ।
पुनर्वास नगरपालिका स्थित ६५ बिगाह क्षेत्रमा रहेको शिविर टोलमा बसोवास गर्दै आएकी ५० वर्षीय पार्वती बादीको ३५ वर्षीय आफ्नै छोरा पप्पु बादीले रातीको समयमा सामान्य विवादमा ढुङ्गा प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिँह बिष्टले जानकारी दिए।
हत्यामा संलग्न छोरा पप्पु वादीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक बिष्टले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.