पुनर्वास–२ को वडा कार्यालय भवनको शिलान्यास

हरिलाल जोशी
पुनर्वास–५ कात्तिक। पुनर्वास नगरपालिका–२ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।
मंगलबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाद्वारा दुई तले वडा भवनको शिलान्यास गरिएको हो ।
पुनर्वास–२, माईली बजार स्थित हुलाकी सडक खण्डको करिब २५ मिटर भित्र दुई तले वडा भवन निर्माण हुन लागेको वडा अध्यक्ष सन्तकुमार चौधरीले जानकारी दिए ।
वडाध्यक्ष चौधरीले वडाको प्रत्यक्ष निगरानीमा मापदण्ड अनुसारको भवन निर्माण गराउने पनि जानकारी दिए ।
२०७७ श्रावण १४ गते ठेक्का सम्झौता भई २०७८ अषाढ १५ गते सम्पन्न गर्ने गरि धनगढीको कविता निर्माण सेवाले नगरपालिकाको लागत स्टिमेट १ करोड ३२ लाख ६ हजार अन्ठाउन्न रुपैँया रहेकोमा ८४ लाख ४९ ह्जार ६ सय पचपन्न रुपैँया बिलोमा वडा भवन निर्माणको ठेक्का पाएको हो ।
सो भवन निर्माण कम्पनीले यस अघि लालझाडी गाउँपालिका-३ को वडा कार्यालय भवन समयावधि भन्दा अगाडि नै निर्माण सम्पन्न गरि वडालाई हस्तान्तरण गरेको सञ्चालक शिव राज सिंहले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.